समाचार
मुख्यमन्त्री आचार्यले मंगलबार विश्वासको मत लिने
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भोलि मंगलबार विश्वासको मत लिने भएका छन् । गत साउन ७ गते मुख्यमन्त्री बनेका आचार्यले विश्वासको मत लिन लागेका हुन् । विश्वासको मत लिने भएपछि सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा एमालेसहित साना दलले ह्विप जारी गरेका छन् । आचार्य कांग्रेसका २७ र...
७४ जिल्लामा फैलियो डेंगु
काठमाडौं । एडिस एजेप्टाई र एडिस एल्वौपेक्टस नामक लामखुट्टेबाट सर्ने डेंगु नेपालका ७४ जिल्लामा फैलिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी)को पछिल्लो तथ्यांक अनुसार देशभरको ७७ जिल्लामध्ये ७४ जिल्लामा डेंगु संक्रमित भेटिएको हो । सन् २०२४ को सुरू अर्थात् गत पुसको मध्यदेखि हालसम्म ३ हजार ७५५ जनामा...
बझाङ पहिरोः मृतक परिवारलाई प्रदेश सरकारले जनही १ लाख दिने
धनगढी । बझाङमा गएको पहिरोमा परेर मृत्यु भएका बीरबहादुर धामीको परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले राहत स्वरुप जनही एक लाख दिने भएको छ । प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पहिरोमा परेर मृत्यु भएकाप्रति दुःख व्यक्त गर्दै राहत दिने घोषणा गरेका हुन् । शाहले जारी गरेको विज्ञप्तिमा मृतकका परिवारलाई राहत स्वरुप प्रतिव्यक्ति...
गढीमा एक जनाको हत्या
काठमाडौं । सुनसरीको गढी गाउँपालिका–२ मा एक जनाको हत्या भएको छ । हत्या हुनेमा गढी गाउँपालिका–६ का ४६ वर्षीय ज्ञानचन्द्र ऋषिदेव रहेका छन् । उनको शव थलाहा टोलमा टाउको अलग भएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । प्रहरीका अनुसार, उनले सिमेन्ट, बालुवाको रिङ बनाउने काम गर्दै...
बझाङमा पहिरोः एकै परिवारका ४ जना बेपत्ता
काठमाडौँ । बझाङमा पहिरोले पुरिएर एकै परिवारका ४ जना बेपत्ता भएका छन् । गएराति बुङ्गल नगरपालिका वडा नम्वर १० को टुमेडामा पहिरो जाँदा ४ जना बेपत्ता भएको प्रहरीले जनाएको छ । स्थानीय वी बहादुर धामीको घर पुरिंदा ४ जना बेपत्ता भएका हुन् । अन्य ६ जनाले भने भागेर ज्यान...
क्वाँटी किन खाने ?
मकवानपुर । आज जनै पूर्णिमाका दिन विशेष खानाको रुपमा क्वाँटी खाने प्रचलन छ । विशेषगरी नेवार समुदायबाट सुरु भएको र हाल नेपालका अधिकांश स्थानमा सबै जनजातिले क्वाँटी र यसको झोल खाने प्रचलन छ । वास्तवमा नेवारी भाषामा क्वाँ भनेको तातो र टी भनेको सुप हो । त्यसकारण क्वाँटी भनेको...
आज जनै पूर्णिमा पर्व मनाइँदै
मकवानपुर । आज देशभर जनै पूर्णिमा पर्व मनाइँदैछ । प्रत्येक वर्षको श्रावण शुक्ल पूर्णिमाका दिन नयाँ जनै फेरेर र रक्षाबन्धन (डोरो) बाँधेर यो पर्व मनाइन्छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार शासन सत्तामा रहेका वा राज्य सञ्चालनमा विशिष्ट भूमिका निर्वाह गरी उच्च प्रशासनिक कार्य गर्ने विशिष्ट व्यक्तिहरुले आज...
एक वर्षमा झण्डै १४ खर्ब रेमिट्यान्स भित्रियो
काठमाडौं । पछिल्लो एक वर्षमा झण्डै १४ खर्ब रेमिट्यान्स भित्रिएको छ । गत आर्थिक वर्ष २०८०–०८१ मा १४ खर्ब ४५ अर्ब ३२ करोड रेमिट्यान्स भित्रिएको राष्ट्र बैंकले जनाएको छ । आइतबार गत आवको आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै राष्ट्र बैंकले अघिल्लो आव २०७९–०८० को तुलनामा रेमिट्यान्स आप्रवाह १६...
ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृतद्वारा पदभार ग्रहण
काठमाडौं । ग्लोवल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी पदभार ग्रहण गरेका छन् । उनले आइतबार एक कार्यक्रमबीच पदभार ग्रहण गरेका हुन् । उनलाई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले पद तथा गोपनियताको शपथ ग्रहण गराएका थिए । पदभार ग्रहण गर्दै उनले बैंकको व्यवसायिक बिस्तारसँगै निक्षेपकर्ताहरुको हीत र फाइदालाई ध्यानमा...
सुनको भाउमा नयाँ रेकर्ड, कतिमा कारोबार हुँदैछ आज ?
काठमाडौं । नेपाली बजारमा आइतबार सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको भाउमा नयाँ रेकर्ड कायम भएको जनाएको हो । महाशाखा अनुसार, आज छापावाल सुनको भाउ प्रतितोला १ लाख ५२ हजार ६०० रुपैयाँ कायम भएको छ । यो हालसम्मकै उच्च हो ।...










