समाचार
तामाङ पत्रकार संघ मकवानपुरको अध्यक्षमा पुनः मुक्तान
मकवानपुर । तामाङ पत्रकार संघ मकवानपुरको अध्यक्षमा पुनः जयराम मुक्तान चयन भएका छन् । संघको शनिबार सम्पन्न चौँथो अधिवेशनबाट मुक्तानको नेतृत्वमा ९ सदस्यीय कार्यसमिति चयन गरिएको हो । यस्तै, उपाध्यक्षमा सन्देश थिङ, सचिवमा सोमबहादुर घलान (भुवन), सह–सचिवमा रविन्द्र वाईबा, कोषाध्यक्षमा जमुना थिङ चयन भएका छन् । यसैगरी, सदस्यहरुमा क्रमशः...
‘नमेटिने घाउ’ को निर्माण टोली हेटौंडामा
मकवानपुर । एसिड आक्रमणका पीडितहरुको सत्य कथामा आधारित चलचित्र ‘नमेटिने घाउ’ को निर्माण टोली हेटौंडा आइपुगेका छन् । रमित ढुंगाना फिल्म प्रडक्सद्वारा निर्मित ‘नमेटिने घाउ’ चलचित्रको प्रवर्धन पोस्टरमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित एसिड पीडितहरुको तस्बिर राखिएको छ । शनिबार हेटौंडा पत्रकार सम्मेलन गर्दै निर्माण टोलीले भदौ ७ गतेदेखि देशव्यापी...
परराष्ट्रमन्त्री राणा आज भारत जाँदै
काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवा आज भारत भ्रमणमा जाँदै छिन् । परराष्ट्रमन्त्री राणा पाँच दिने भ्रमणका लागि आइतबार नयाँ दिल्ली प्रस्थान गर्ने कार्यतालिका रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । भारतीय विदेशमन्त्री एस जयशंकरको निमन्त्रणामा उनी भारत भ्रमणमा जाने भएकी हुन् । भारत भ्रमणका क्रममा उनले भारतीय समकक्षी जयशंकरसँग...
हेटौंडा–७ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ७ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा भएको छ । उक्त वडा उपमहानगरकै तेस्रो बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा भएको हो । शनिबार एक औपचारिक कार्यक्रमबीच उपमहानगरपालिकाकी मेयर मिनाकुमारी लामाले ७ नम्वर वडा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरेकी हुन् । सो क्रममा...
मोटरसाइकलको ठक्करबाट हेटौंडाका ५ वर्षीय बालकको मृत्यु
मकवानपुर । मकवानपुरको हेटौंडामा शनिबार दिउँसो मोरटसाइकलको ठक्करबाट एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा उपमहनगरपालिका वडा नम्बर–९, धाप बस्ने रामचन्द्र अर्यालका ५ वर्षीय छोरा सिभांस अर्याल रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार, दिउँसो २ बजेट ५० मिनेटको समयमा मयुरधापबाट हेटौंडा बजार तर्फ...
उद्योग मन्त्री भण्डारीले गरे हेटौंडा सिमेन्ट उद्योग र मयुरधाप औद्योगिक क्षेत्रको अवलोकन
मकवानपुर । केन्द्रीय उद्योग मन्त्री दामोदर भण्डारीले हेटौंडा सिमेन्ट उद्योग र मयुरधाप औद्योगिक क्षेत्रको अवलोकन गरेका छन् । मन्त्री भण्डारीले शनिबार सिमेन्ट उद्योग र औद्योगिक क्षेत्रको अवलोकन गरेका हुन् । साथै उनले आजै हेटौंडा औद्योगिक क्षेत्रमा रहेको हेटौंडा कपडा उद्योगको पनि अवलोकन गरेका छन् । हेटौंडा सिमेन्टको अवलोकन गर्दै...
जसपा नेपाल केन्द्रीय समिति बैठकले गर्यो ६७ बुँदे निर्णय
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समिति बैठकले विभिन्न ६७ बुँदे निर्णय गरेको छ । साउन २७, २८, २९ र ३० गते गरी चार दिन बसेको केन्द्रीय समिति बैठकले ६७ बुँदे निर्णय गरेको हो । बैठकले राजबन्दी रिहाई र मुद्दा खारेजी, संघीयता कार्यान्वयन, संविधान संशोधन र निर्वाचन...
बागमती प्रदेश स्तरीय सुरक्षा निकार्यलाई विपद् उद्धार सामाग्री हस्तान्तरण
मकवानपुर । बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रदेश स्तरीय सुरक्षा निकायहरूलाई विपद् उद्धार सामाग्री हस्तान्तरण गरेको छ । शुक्रबार आन्तरिक मामिला तथा कानून मन्त्रालय हेटौंडामा आयोजित एक कार्यक्रमबीच प्रदेश स्तरीय सुरक्षा निकायहरू (नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपाल) लाई विपद् उद्धार सामाग्री हस्तान्तरण...
जलवायु परिवर्तनलाई न्युनिकरण गर्न वृक्षारोपण
मकवानपुर । हेटौंडाको भैरवडाँडास्थित पाथिभरा मन्दिर परिसर र भैरवडाँडा सडक किनारमा वृक्षारोपण कार्यक्रमको आयोजना गरिएको छ । वृक्षारोपण कार्यक्रम सशस्त्र प्रहरी १४ नं. गण हेटौंडाको आयोजनामा भएको हो । जलवायु परिवर्तनलाई न्युनिकरण गर्न वृक्षारोपण कार्यक्रमको आयोजना गरेको सशस्त्र प्रहरी गण १४ नं.का प्रमुख एवम् सशस्त्र प्रहरी उपरीक्षक ज्ञानप्रसाद भुर्तेलले...
आज हेटौंडा–७ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा हुँदै
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ७, आज बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा हुँदैछ । विभिन्न सूचक पूरा गरेसँगै उक्त वडा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्न लागेको वडाध्यक्ष दामोदर गौतमले जानकारी दिए । ‘बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी’ भन्ने मुल नाराको साथ वडालाई बालमैत्री वडा घोषणा गर्न...










