मोटरसाइकलको ठक्करबाट हेटौंडाका ५ वर्षीय बालकको मृत्यु

तु खबर संवाददाता
२०८१ भाद्र १, शनिबार १७:१४

मकवानपुर । मकवानपुरको हेटौंडामा शनिबार दिउँसो मोरटसाइकलको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा हेटौंडा उपमहनगरपालिका वडा नम्बर–९, धाप बस्ने रामचन्द्र अर्यालका ५ वर्षीय छोरा सिभांस अर्याल रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार, दिउँसो २ बजेट ५० मिनेटको समयमा मयुरधापबाट हेटौंडा बजार तर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००५ प २४३ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए ।

घाइते उनलाई तत्काल उद्दार गरी उपचारको लागि हेटौंडा अस्पतालमा लगिएको थियो । उनको सोही अस्पतालमा उपचारको क्रममा ३ बजेट ५ मिनेटको समयमा मृत्यु भएको जनाइएको छ ।

प्रहरीले ठक्कर दिने मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको छ ।