बागमती प्रदेश स्तरीय सुरक्षा निकार्यलाई विपद् उद्धार सामाग्री हस्तान्तरण
मकवानपुर । बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रदेश स्तरीय सुरक्षा निकायहरूलाई विपद् उद्धार सामाग्री हस्तान्तरण गरेको छ ।
शुक्रबार आन्तरिक मामिला तथा कानून मन्त्रालय हेटौंडामा आयोजित एक कार्यक्रमबीच प्रदेश स्तरीय सुरक्षा निकायहरू (नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपाल) लाई विपद् उद्धार सामाग्री हस्तान्तरण गरिएको हो ।
प्रदेश स्तरीय सुरक्षा निकायलाई ओबएम, उद्धार राफ्ट, राफ्टिङ हेलमेट, लाइफ ज्याकेटको साथ इन्फ्लेटेबल उद्धार डुङ्गा लगायत विभिन्न ५६ प्रकारका विपद् उद्धार सामाग्रीहरू दिइएको हो ।
उक्त सामाग्री आन्तरिक मामिला तथा कानून मन्त्री सुरजचन्द्र लामिछानेको उपस्थितिमा हस्तान्तरण गरिएको हो । 

