समाचार

गाडी दुर्घटनामा परेर गाउँपालिका उपाध्यक्षको मृत्यु

हुम्ला । गाडी दुर्घटनामा परेर हुम्लाको हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष चन्द्रसिंह कार्कीको मृत्यु भएको छ । दुर्घटनामा परेर गम्भीर घाइते भएका उपाध्यक्ष कार्कीको उपचारको क्रममा आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, सोमबार सुर्खेतबाट बाँकेको नेपालगञ्ज जाँदै गरे कर्णाली प्रदेश ०२००१ ख १०११ नम्बरको गाडी सुर्खेतको...

मोटरसाइकल चोरेको आरोपमा ४ जना पक्राउ

काठमाडौं । मोटरसाइकल चोरेको आरोपमा दाङबाट ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा तुलसीपुर उपमहानगरपालिका–५ बस्ने विष्णु चौधरी, देवदास देवकोटा, श्रीजन रिजाल र शिशिर खड्का रहेका छन् । तुलसीपुर उपमहानगरपालिका–१५ पहरुवा स्थित नर्सरीमा चोरीको मोटरसाइकलको पाटपुर्जा निकाल्दै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको दाङ प्रहरीले जनाएको छ । प्रहरीका...

मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज मंगलबार विश्वासको मत लिँदैछन् । गत साउन ७ गते मुख्यमन्त्री बनेका आचार्यले आज प्रदेश सभाबाट विश्वासको मत लिन लागेका हुन् । विश्वासको मतका लागि आज अपराह्न १ बजे प्रदेश सभा बैठक आह्वान गरिएको छ । आचार्य कांग्रेसका २७ र एमालेका २९...

बुटवलमा स्कुटर र मोटरसाइकल ठोक्कियो, युवतीको मृत्यु

बुटवल । बुटवलको बेलबासमा स्कुटर र मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ । लु ८७ प ४५७३ नम्बर स्कुटर विपरीत दिशाबाट आउँदै गरेको १ च ६७८३ नम्बरको बलेरो र शान्ति चोकबाट निस्केको नम्बर नखुलेको मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको हो ।...

बागमती प्रदेशमा आज सार्वजनिक विदा

मकवानपुर । बागमती प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक विदा दिएको छ । प्रदेश सरकारले आज गाईजात्रा पर्वका अवसरमा प्रदेशभर सार्वजनिक विदा दिएको हो । गत साउन ३२ गते शुक्रबार बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को निर्णय अनुसार आज सार्वजनिक विदा दिएको सरकार प्रवक्ता एक आन्तरिक मामिला तथा कानून मन्त्री सुरजचन्द्र लामिछानेले...

आज गाईजात्रा पर्व मनाइँदै

काठमाडौँ । आज देशभर गाईजात्रा पर्व मनाइदैछ । हरेक वर्ष भाद्र कृष्ण प्रतिपदाको दिन मनाईने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ मनाउने भएको हो । आजबाट अष्टमीसम्म आठदिन मनाइने सो पर्व विभिन्न कार्यक्रमको आयोजना गरी देशभर आरम्भ गरिँँदैछ । एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका...

हेटौंडा–१० लाई बालमैत्री वडा घोषणा गरिँदै

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१० लाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिने भएको छ । वडा कार्यालयले सोमबार पत्रकार सम्मेलनमार्फत् विभिन्न सूचक पूरा गरेसँगै यही भदौ ८ गते शनिबार उक्त वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्ने तयारी गरेको जानकारी दिएको हो । ‘बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी’...

विपद्को घटनामा परेर १९० जनाको मृत्यु

काठमाडौं । गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्को घटनामा परी सोमबार दिउँसोसम्म १ सय ९० जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्मा परी कोशी प्रदेशमा २७ जना, मधेश प्रदेशमा ८ जना, बागमती प्रदेशमा ३५ जना, गण्डकी प्रदेशमा ५६ जना, लुम्बिनी प्रदेशमा...

हेटौंडाबाट लागूऔषधसहित दुई भारतीय नागरिक पक्राउ

मकवानपुर । मकवानपुरको हेटौंडाबाट प्रहरीले अवैध लागूऔषध गाँजासहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । प्रहरीले हेटौंडा उपमहानगरपालिका–१९ स्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब १२ किलोग्रामसहित २ जनालाई सोमबार बिहान पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा भारत बैसाली पातेपुर थाना खदनापुरा गाउँ बस्ने ३२ वर्षीय अली हुसेन र भारत...

समाजवादी मोर्चाको सचिवालय बैठक जारी

काठमाडौं । समाजवादी मोर्चाको सचिवालय बैठक हाल जारी छ । बैठक ललितपुरस्थित एकान्तकुनामा बसिरहेको हो । समीक्षात्मक राजनीतिक दस्ताबेजलाई पूर्णता दिन समाजवादी मोर्चाको सचिवालय बैठक बसेको संयोजक तथा नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले बताए । यसअघि मोर्चाको बैठकले दिएको निर्देशन बमोजिम सचिवालयले वर्तमान राजनीति तथा भावी योजनासम्बन्धी समीक्षात्मक...