आज गाईजात्रा पर्व मनाइँदै

तु खबर संवाददाता
२०८१ भाद्र ४, मंगलवार ०८:५०

काठमाडौँ । आज देशभर गाईजात्रा पर्व मनाइदैछ । हरेक वर्ष भाद्र कृष्ण प्रतिपदाको दिन मनाईने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ मनाउने भएको हो ।

आजबाट अष्टमीसम्म आठदिन मनाइने सो पर्व विभिन्न कार्यक्रमको आयोजना गरी देशभर आरम्भ गरिँँदैछ ।

एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान दिने प्रचलन छ ।

यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने विश्वास छ ।