एक वर्षमा झण्डै १४ खर्ब रेमिट्यान्स भित्रियो
काठमाडौं । पछिल्लो एक वर्षमा झण्डै १४ खर्ब रेमिट्यान्स भित्रिएको छ । गत आर्थिक वर्ष २०८०–०८१ मा १४ खर्ब ४५ अर्ब ३२ करोड रेमिट्यान्स भित्रिएको राष्ट्र बैंकले जनाएको छ ।
आइतबार गत आवको आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै राष्ट्र बैंकले अघिल्लो आव २०७९–०८० को तुलनामा रेमिट्यान्स आप्रवाह १६ दशमलव ५ प्रतिशतले वृद्धि भएको जनाएको हो ।
राष्ट्र बैंकका अनुसार गत आवमा ७ लाख ४१ हजार युवा रोजगारीका लागि विदेशिएका छन् भने वैदेशिक रोजगारीका लागि संस्थागत तथा व्यक्तिगत गरी ४ लाख ६० हजार १०३ जनाले नयाँ श्रम स्वीकृति लिएका छन् ।
यसैगरी, पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ८१ हजार १९९ रहेको जनाइएको छ ।
