मकवानपुरका १२० जनामा डेंगु संक्रमण पुष्टि

तु खबर संवाददाता
२०८१ भाद्र ६, बिहीबार १०:००
file-photo

मकवानपुर । मकवानपुर जिल्लाका १ सय २० जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।

उक्त तथ्याङ्क साउन १ गतेदेखि भदौ ५ गते बुधबार दिउँसोसम्मको रहेको जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

जनस्वास्थ्य कार्यालयका अनुसार, डेंगु संक्रमण पुष्टि हुनेमा ५५ जना महिला र ६५ जना पुरुष रहेका छन् ।

सो अवधिमा जिल्लाको हेटौंडा उपमहानगरपालिकामा ३७ पुरुष र ४८ महिला गरी ८५ जना, मकवानपुरगढी गाउँपालिकाका ३ पुरुष र ३ महिला गरी ६ जना, बागमती गाउँपालिकाका एक जना पुरुष, कैलाश गाउँपालिकाका एक पुरुष, मनहरी गाउँपालिकाका १० पुरुष र ५ महिला गरी १५ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।

यसैगरी, बकैया गाउँपालिकाका तीन पुरुष र दुई महिला गरी ५ जना, भीमफेदी गाउँपालिकाका तीन जना महिला, ठेगाना नखुलेको एक महिला र अन्य जिल्लाका ३ महिलामा डेंगु संक्रमण पुष्टि भएको छ ।

जिल्लामा सो अवधिमा डेंगु संक्रमणका कारण कुनै पनि व्यक्तिको निधन नभएको जिल्ला स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।