श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ
झापा । आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा झापाबाट एक जना पक्राउ परेका छन् ।
शिवसताक्षी नगरपालिका–८ शिवालय टोल बस्ने ३० वर्षीया रन्जना गौतम अधिकारीको हत्या गरेको अभियोगमा उनको श्रीमान् ओम प्रकाश अधिकारी पक्राउ परेका हुन् ।
४७ वर्षीय अधिकारीलाई मंगलबार इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार, अधिकारीले घरायसी बिवादको कारण खुकुरी प्रहार गर्दा रन्जनाको घटनास्थलमै मृत्यु भएको थियो ।
पक्राउ परेका उनीमाथि प्रहरीले आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाएको छ ।
