समाचार
धितोपत्र बोर्डको विभिन्न ६ पदका लागि आवेदन माग
काठमाडौं । नेपाल धितोपत्र बोर्डले रिक्त विभिन्न पदका लागि आवेदन माग गरेको छ । बोर्डले खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा विभिन्न ६ पदका लागि आवेदन माग गरेको हो । बोर्डले शुक्रबार जारी गरेको सूचना अनुसार, प्रशासनतर्फ सहायक निर्देशक दुई जना, वरिष्ठ सहायक एक जना र सहायक तीन जना गरी...
आज उद्योग तथा वाणिज्य समितिको बैठक बस्ने
काठमाडौं । संघीय संसद्अन्तर्गत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक आज बस्ने भएको छ । बैठक बिहान ११ बजे बस्ने गरी बोलाइएको हो । बैठक सिंहदरबार स्थित समितिको कार्यकक्षमा बस्ने संघीय संसद् सचिवालयले जनाएको छ । उक्त बैठकमा चाडपर्व लक्षित गरी अत्यावश्यक दैनिक खाद्य वस्तुहरूको...
सहकारी छानबिन समितिः रवि लामिछानको बयान आज
काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले आज पूर्व गृहमन्त्री रवि लामिछानेको बयान लिने भएको छ । समिति सभापति सूर्य थापाले दिएको जानकारी अनुसार, पूर्व उपप्रधानमन्त्री समेत रहेका लामिछानेलाई आज बयानको लागि आह्वान गरिएको हो । उनलाई गोरखा मिडिया नेटवर्क प्रालिको प्रबन्ध निर्देशकको हैसियतमा...
यस्तो रहनेछ आजको मौसम
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार, मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानमा र पूर्वतिर सरदर स्थानको केही उत्तर दिशातर्फ अवस्थित रहेको छ । त्यसको प्रभावले हाल देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ भने कोशी प्रदेशका केही स्थानहरूमा तथा...
झगडा हुँदा धारिलो हतियार प्रहार, हेटौंडाका कार्की घाइते
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १०, बसपार्कमा बिहीबार दुई जनाबीच झगडा हुँदा धारिलो हतियार प्रहार भएको छ । बिहीबार हेटौंडा–१३, पदमपोखरीका अर्जुन गोम्जा र हेटौंडा–१, चाईना क्वाटरका प्रेम बहादुर कार्कीबीच झगडा भएको थियो । उक्त झगडा हुँदा गोम्जाले कार्कीमाथि धारिलो हतियार (दाउ) प्रहार गरेको मकवानपुर प्रहरीले जनाएको...
घरको बरण्डाबाट लडेर हेटौंडाकी एक वृद्धाको मृत्यु
मकवानपुर । मकवानपुरको हेटौंडामा आज बिहान घरको बरण्डाबाट लडेर एक वृद्धाको मृत्यु भएको छ । बिहान हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४, हुप्राचौरस्थित ओम्याक्स हल अगाडि घरको बरण्डाबाट लडेर एक वृद्धाको मृत्यु भएको हो । मृत्यु हुनेमा स्थानीय वर्ष ७६ की शंखमाया लामा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको...
हेटौंडामा बिहानै सवारी दुर्घटना, तीन जना घाइते
मकवानपुर । पूर्व–पश्चिम सडकखण्ड अन्तरगत पर्ने मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ९, मास्टर चोकमा आज बिहानै सवारी दुर्घटना भएको छ । बिहान ६ः२० बजेको समयमा पथलैयाबाट हेटौंडातर्फ आउँदै गरेको एन.एल ०१ एल २९७१ नम्वरको भारतीय एल.पि. ग्याँस बुलेटले विपरीत दिसातर्फ जाँदै गरेको ग.३ च ८४४९ नं.को कारलाई ठक्कर दिँदा...
बागमतीका नवनियुक्त मुख्य न्यायाधिवक्ताले लिए शपथ
मकवानपुर । बागमती प्रदेशका नवनियुक्त मुख्य न्यायाधिवक्ता शुकदेव काफ्लेले शपथ लिएका छन् । न्यायाधिवक्ता काफ्लेले बिहीबार एक कार्यक्रमबीच पद तथा गोपनीयताको शपथ लिएका हुन् । उनलाई पाटन उच्च अदालत ललितपुरका मुख्य न्यायाधिश निरपधोज निरौलाले शपथ ग्रहण गराएका हुन् । शपथ ग्रहण कार्यक्रममा बागमतीका प्रदेश प्रमुख दिपक प्रसाद देवकोटा, मुख्यमन्त्री...
हेटौंडामा ९२ औं तामाङ पहिचान दिवस मनाइयो
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा ९२ औं तामाङ पहिचान दिवस मनाइएको छ । तामाङ भाषा, कला, संस्कृति, इतिहास, दर्शक र ज्ञानको विविध आयामहरुका पक्षमा विचार तथा विमर्श गरी बिहीबार हेटौंडामा तामाङ समुदायले तामाङ पहिचान दिवस मनाएको हो । कार्यक्रम नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति मकवानपुरले आयोजना गरेको...
ब्याडमिन्टन प्रतियोगितामा थाहा नगरका १३ टिमले प्रतिस्पर्धा गर्ने
मकवानपुर । थाहा नगर स्तरीय जेसीज कप खुल्ला मेन्स डबल ब्याडमिन्टन प्रतियोगितामा थाहा नगरका १३ टिमले प्रतिस्पर्धा गर्ने भएका छन् । पालुङ जेसीजको आयोजना तथा थाहा नगरपालिका वडा नं. ३ को सहयोगमा थाहा नगर स्तरीय जेसीज कप ब्याडमिन्टन प्रतियोगिता हुन लागेको हो । प्रतियोगिता आगामी भाद्र १३ गतेदेखि १५...









