कांग्रेस केन्द्रीय समितिको बैठक ११ बजे बस्ने

तु खबर संवाददाता
२०८१ भाद्र ७, शुक्रबार १०:५२
file-photo

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज बस्दैछ । गत साउन २३ गतेदेखि सुरु भएर २८ गतेदेखि स्थगित भएको बैठक आज बस्न लागेको हो ।

बैठक आज बिहान ११ बजे बस्ने गरी बोलाइएको छ । आजको बैठकमा पूर्व र वर्तमान पदाधिकारीहरुले धारणा राख्ने जनाइएको छ ।

अधिकांश केन्द्रीय सदस्यले भने यसअघि नै आफ्ना धारणा राखिसकेका छन् ।

महामन्त्री गगन थापाले छलफलका लागि प्रस्तुत गरेका ११ एजेण्डाका अतिरिक्त परिमार्जनसहित पेश भएका महासमिति बैठकका प्रतिवेदन माथि पनि बैठकमा छलफल जारी छ ।

उपसभापति पूर्णबहादुर खड्काले पेश गरेको नीति प्रतिवेदन, महामन्त्री गगन थापाले राखेको सांगठनिक र अर्का महामन्त्री विश्व प्रकाश शर्माले राखेको समसामयिक प्रतिवेदन माथि छलफल केन्द्रित हुने जनाइएको छ ।