विपद्को घटनामा परेर १९५ जनाको मृत्यु

तु खबर संवाददाता
२०८१ भाद्र ७, शुक्रबार १५:३४

काठमाडौं । गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्को घटनामा परी शुक्रबार दिउँसोसम्म १ सय ९५ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा कोशी प्रदेशका २७ जना, मधेश प्रदेशका ८ जना, बागमती प्रदेशका ३९ जना, गण्डकी प्रदेशका ५६ जना, लुम्बिनी प्रदेशका ३७ जना, कर्णाली प्रदेशका १३ जना र सुदूरपश्चिम प्रदेशका १५ जना रहेको प्रहरीले जनाएको छ ।

यस्तै, सो अवधिमा कोशी प्रदेशमा ३८ जना, मधेश प्रदेशमा १२ जना, बागमती प्रदेशमा ३८ जना, गण्डकी प्रदेशमा ४७ जना, लुम्बिनी प्रदेशमा १९ जना, कर्णाली प्रदेशमा ५९ जना र सुदूरपश्चिम प्रदेशमा ३४ जना गरी जम्मा २ सय ४७ जना घाइते भएका छन् ।

घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ । साथै सो अवधिमा कोशी प्रदेशका २ जना, मधेश प्रदेशका १ जना, बागमती प्रदेशका ४१ जना, गण्डकी प्रदेशका २ जना, लुम्बिनी प्रदेशका १ जना, कर्णाली प्रदेशका १ जना र सुदूरपश्चिम प्रदेशका १ जना गरी ४९ जना बेपत्ता भएका छन् । उनीहरुको खोजीकार्य जारी रहेको छ ।