बसामाडी जेसीज सप्ताहः फुटसल र सचेतना कार्यक्रम
मकवानपुर । बसामाडी जेसीजको जेसीज सप्ताह २०२४ को पहिलो दिन बिहीबार २ वटा विभिन्न कार्यक्रमको आयोजना गरिएको छ ।
पहिलो कार्यक्रम अन्तरगत बिहान बसामाडी जेसीज र अखिल (क्रान्तिकारी) मकवानपुर बिच मैत्रीपूर्ण फुटसल कार्यक्रमको आयोजना गरिएको थियो ।
हेटौंडा–४ स्थित कमलडाँडा फुट्सल मैदानमा भएको मैत्रीपूर्ण फूटसल प्रतियोगितामा अखिल (क्रान्तिकारी) मकवानपुर ७–६ गोल अन्तरले बिजयी भएको थियो ।
पतन्जली योग आरोग्य सस्था मकवानपुरका कोषाध्यक्ष हरिप्रसाद पौडेलको प्रमुख आतिथ्यतामा भएको प्रतियोगिता बसामाडी जेसीजका अध्यक्ष जेसी उद्धब राज कठायतको अध्यक्षतामा भएको थियो ।
कार्यक्रममा बसामाडी जेसीजका सदस्य एवम् अखिल (क्रान्तिकारी) मकवानपुर अध्यक्ष बुद्धराज अर्याल, फूटसल कार्यक्रम संयोजक सुदिप नेपाल लगायतको आतिथ्यता रहेको थियो ।
यस्तै, बिहीबार नै सप्ताहव्यापी कार्यक्रम अन्तरगत लागूऔषध सम्बन्धि सचेतना कार्यक्रम हेटौंडा–४ कर्रास्थित श्रमिक माविमा सम्पन्न गरिएको छ ।
सचेतना कार्यक्रम शाखा अध्यक्ष उद्धब राज कठायतको सभाध्यक्षता एवम् वडा नम्बर ४ का वडा अध्यक्ष नवीन सिग्देलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

सचेतना कार्यक्रममा प्रमुख प्रशिक्षकको रुपमा सियान पुनःस्थापना केन्द्र मकवानपुरका संचालक सौजन डीसी रहेका थिए ।
कार्यक्रममा श्रमिक माविका प्रधानध्यापक श्रीराम दाहाल, सप्ताहव्यापी कार्यक्रमका मूल कार्यक्रम संयोजक दिपेन्द्र यादव, सह–मूल कार्यक्रम संयोजक प्रमोद उप्रेती लगायत कार्यसमितिका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । उक्त कार्यक्रम राजकुमार पौडेलको संयोजकत्वमा भएको थियो ।
सचेतना कार्यक्रममा विद्यालयमा कक्षा ८,९ र १० मा अध्ययनरत विद्यार्थीहरू सहभागिता रहेको थियो ।
