हेटौंडाको बुद्धचोकमा रक्तदान कार्यक्रम, २८ जनाले दिए रगत
मकवानपुर । हेटौंडाको बुद्धचोकमा आइतबार आयोजित रक्तदान कार्यक्रममा २८ जनाले रगत दिएका छन् ।
हेटौंडा स्कुल अफ म्यानेजमेन्ट (एचएसएम) सोसल सर्भिस क्लब र रोट्र्याक्ट क्लब अफ मकवानपुरको संयुक्त आयोजनामा भएको रक्तदान कार्यक्रममा २८ जनाले रगत दान गरेका हुन् ।
रक्तसञ्चार केन्द्र हेटौंडाको प्राविधिक सहयोग भएको कार्यक्रममा रोटरी क्लब अफ मकवानपुरका प्रमुख अनिल अग्रवालको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा ४ जना महिला र २४ जना पुरुषले रक्तदान गरेको रक्तसञ्चार केन्द्र हेटौंडाले जनाएको छ ।
पछिल्लो समयमा रक्तदान कार्यक्रममा सहभागी भई रगत दान गर्नेहरुको संख्या बढ्दो छ ।
