लागूऔषध ब्राउनसुगरसहित एक जना पक्राउ

तु खबर संवाददाता
२०८१ भाद्र ९, आईतवार १७:४८

बाँके । बाँकेको नेपालगंज उपमहानगरपालिका–४ सेतु विक चोकबाट आइतबार दिउँसो अवैध लागूऔषध ब्राउनसुगरसहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सोही उपमहानगरपालिका–५ बस्ने ३९ वर्षीय सजाद अहमद सिद्धिकी रहेका छन् ।

उनलाई लागूऔषध ब्राउनसुगर ८ ग्रामसहित जिल्ला प्रहरी कार्यालय बाँके र लागूऔषध नियन्त्रण ब्यूरो बाँकेबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

भे.११ प २७९१ नम्बरको स्कुटरलाई जाँच गर्दा स्कुटरको एयर फिल्टरमा लुकाई छिपाई राखेको उक्त लागूऔषध फेला पारी चालक सिद्धिकीलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका उनीमाथि प्रहरीले आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाएको छ ।