हेटौंडामा एक वृद्धाको शव भेटियो

तु खबर संवाददाता
२०८१ भाद्र १०, सोमबार १७:२१

मकवानपुर । मकवानपुरको हेटौंडामा आज बिहान एक वृद्धाको शव भेटिएको छ ।

जिल्लाको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १, स्थित पाथिभरा मन्दिर नजिकै एक वृद्धाको शव भेटिएको हो ।

उक्त शव स्थानीय ७० वर्षीया ठूलीमाया विकको रहेको मकवानपुरका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

उनका अनुसार, ती वृद्धाको शव आफ्नै घरको सुत्नी कोठमा दुबै कानबाट रगत बगेको अवस्थामा भेटिएकी हुन् ।

उनको हत्या भएको आशंकामा प्रहरीले अनुसन्धानका लागि उनकै नातिलाई नियन्त्रणमा लिएको छ । उक्त घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए ।