समाचार

विश्वव्यापी चुनौतीहरूको सामना गर्न जनमुखी नीति आवश्यक : इकोकस अध्यक्ष थापा

संयुक्त राष्ट्रसंघको आर्थिक तथा सामाजिक परिषद् इकोसकका अध्यक्ष लोक बहादुर थापाले सामाजिक विकास आयोगको ६४औँ सत्रलाई सम्बोधन गर्दै विश्वव्यापी चुनौतीहरूको सामना गर्न जनमुखी नीतिहरूको आवश्यकतामा जोड दिएका छन् । संयुक्त राष्ट्रसंघ मुख्यालय न्युयोर्कमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष थापाले हाल विश्व जलवायु परिवर्तन, भू-राजनीतिक तनाव, बढ्दो असमानता र डिजिटल रूपान्तरण...

कारोबार रकम घट्दै जाँदा शेयर बजारमा निराशा

काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात् मंगलबार शेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १२.५८ अंकले घटेर २६८३.१५ बिन्दुमा कायम भएको हो । आज कुल ३२२ कम्पनीको १ करोड ८७ लाख ३ हजार कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ६३ करोड १५ लाख...

प्रभु बैंकका सीईओ अशोक शेरचनको राजीनामा स्वीकृत

काठमाडौँ । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनको राजीनामा स्वीकृत भएको छ । बैंकको माघ १९ गते बसेको सञ्चालक समितिको बैठकले राजीनामा स्वीकृत गरेको हो । हाल बैंकको कामु सीईओको जिम्मेवारी बैंकका सहायक महाप्रबन्धक निरज लम्सालले सम्हालिरहेका छन् । गत मंसिर १४ गते बसेको सञ्चालक समितिको बैठकले...

एरआरएनको १२औं विश्व सम्मेलन फागुन ३० देखि काठमाडौंमा हुने

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औं विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशन फागुन ३० देखि चैत २ गतेसम्म काठमाडौंमा आयोजना हुने भएको छ। परराष्ट्र मन्त्रालयले सम्मेलनको जानकारी दिंदै सबै गैरआवासीय नेपालीलाई सक्रिय सहभागिताका लागि अपिल गरेको छ। यो महाधिवेशनबाट एनआरएनएको नयाँ नेतृत्व चयन गरिनेछ। सम्मेलनलाई सफल बनाउन सरकार...

पुँजी बजारमा सानो सुधार, कारोबार रकम अझै खुम्चिँदो

काठमाडौँ । लगातार दुई दिनको गिरावटपछि पुँजी बजार आज सामान्य अंकले बढ्दै झिनो सुधारतर्फ उन्मुख भएको छ । अघिल्लो साताको सुरुआतमा देखिएको सुधारले उत्साहित बनेका लगानीकर्ताको मनोबल पछिल्ला दिनमा भने फेरि कमजोर बन्दै गएको देखिन्छ । कारोबार रकम क्रमशः खुम्चिँदै जानुले बजारमा लगानीकर्ताको सहभागिता कमजोर भएको स्पष्ट संकेत गर्दछ...

फागुन २१ को निर्वाचन लोकतन्त्रको परीक्षा : गृहमन्त्री अर्याल

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले फागुन २१ मा हुने निर्वाचन लोकतन्त्रको महत्त्वपूर्ण परीक्षा भएको बताएका छन् । उनले निर्वाचन सुरक्षालाई प्रभावकारी बनाउन प्रहरीलाई निर्देशन दिएका छन् । महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा आयोजित प्रहरी निरीक्षकहरूको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री अर्यालले आगामी निर्वाचन निष्पक्ष, स्वतन्त्र र सुरक्षित रूपमा सम्पन्न...

साताको सुरुवातमै नेप्सेमा करेक्सन, १२ उपसूचक राताम्य

काठमाडौं । साता कारोबारको पहिलो दिन शेयर बजार दोहोरो दबाबमा देखिएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १९.८५ अंकले घटेर २६९४.२० विन्दुमा झरेको छ। यस दिन कुल ९ अर्ब १० करोड ९४ लाख ५७ हजार रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। आज ट्रेडिङ उपसूचक बाहेक अन्य सबै १२ वटा...

ग्राण्डी अस्पतालमा उपचाररत पत्रकार दिनेश सिटौलाको मृत्यु

काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष तथा फिल्म अनलाइन द सिनेमा टाइम्स का सञ्चालक दिनेश सिटौलाको निधन भएको छ। काठमाडौंस्थित ग्राण्डी अस्पतालले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै उनको दिउँसो १२ बजेर ४५ मिनेटमा निधन भएको जानकारी दिएको हो। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा आगामी...

तरलता बढेपछि बजारबाट ३० अर्ब तान्दै राष्ट्र बैंक

काठमाडौं । बजारमा तरलता बढेपछि सोको व्यवस्थापनका लागि नेपाल राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ तान्ने भएको छ। राष्ट्र बैंकले ५२ दिने निक्षेप संकलन उपकरण मार्फत ३० अर्ब रुपैयाँ तान्न लागेको हो। यसमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले मात्रै बोलकबोल गर्न पाउनेछन्। यसका लागि आज दिउँसो...

स्रोत नखुलेको ५ लाख भारु सहित कैलालीबाट भारतीय नागरिक पक्राउ

काठमाडौं । नेपाल प्रहरीले स्रोत नखुलेको ५ लाख भारतीय रुपैयाँ (नेपाली ८ लाख रुपैयाँ) सहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत घर भएका ३५ वर्षीय राहुल सिंह रहेका छन्। उनलाई शुक्रबार साँझ नेपालबाट भारततर्फ जाँदै गर्दा चेकजाँचको क्रममा प्रहरीले पक्राउ गरेको हो उनलाई कैलालीको धनगढी...