समाचार
आईसीसी पुरुष टी-२० विश्वकप २०२६ आजदेखि सुरु
काठमाडौँ ।मुम्बईस्थित आइकोनिक वानखेडे स्टेडियमबाट आईसीसी पुरुष टी-२० विश्वकप २०२६ को औपचारिक सुरुवात आज हुँदैछ। संगीत, र नृत्य सहितको भव्य उद्घाटन समारोहपछि साविक विजेता भारत र अमेरिका बीच उद्घाटन खेल हुनेछ। भारत र श्रीलंकाको संयुक्त आयोजनामा सुरु हुन लागेको यो विश्वकप भारतका पाँच शहरका पाँच स्टेडियम र श्रीलंकाका दुई...
‘अबकी बार सय पार’ नारा अघि सार्दै गगन थापा
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी निर्वाचनमा पार्टीलाई बहुमतमा पुर्याउने लक्ष्यसहित ‘अबकी बार सय पार’ भन्ने नारा लिएर अघि बढ्न कार्यकर्तालाई आग्रह गरेका छन् । कास्कीको पोखरामा शुक्रबार आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले अब ‘अबकी बार कांग्रेसको सरकार’ भन्ने पुरानो नारा त्यागेर सय सिट पार गर्ने...
सरकारबाट बीमा भुक्तानी नआए महानगरले नै तिर्छ : मेयर चिरिबाबु महर्जन
काठमाडौँ । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानसँगको सहकार्यमा सञ्चालन भइरहेको स्वास्थ्य कार्यक्रमका लागि नेपाल सरकारले बीमाको भुक्तानी नगरे महानगरपालिकाले आफैंले रकम तिर्ने स्पष्ट प्रतिबद्धता व्यक्त गरेका छन्। पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको १८औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मेयर महर्जनले बीमा रकम समयमै नआउँदा अस्पताल सञ्चालनमा समस्या...
लुम्बिनी प्रदेश लोक सेवा आयोगले खुलायो भारी संख्यामा विज्ञापन
काठमाडौं । प्रदेश लोक सेवा आयोग लुम्बिनी प्रदेश, बुटवलले प्रदेश निजामती सेवा र स्थानीय निजामती सेवा अन्तर्गत सहायक स्तर चौथो तहका (अप्राविधिक/प्राविधिक) पदहरूमा ठूलो संख्यामा विज्ञापन खुलाएको छ। आयोगले प्रशासन सेवातर्फ प्रशासन सहायक/लेखा सहायक पदमा, आ. इन्जिनियरिङ सेवातर्फ खानेपानी तथा सरसफाइ टेक्निसियन, अमिन पदमा, इ.कृषि सेवातर्फ पशु स्वास्थ्य प्राविधिक...
बैतडीमा जन्ती बस दुर्घटनाः १३ जनाको मृत्यु, ३४ जना घाइते
काठमाडौं । सुदूरपश्चिम प्रदेशको बैतडीमा बिहीबार राति एउटा जन्ती बस दुर्घटना हुँदा १३ जना मानिसको मृत्यु भएको छ भने ३४ जना घाइते भएका छन्। आठ जनाको घटनास्थलमै मृत्यु भएको हो भने पाँच जनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। दुर्घटनामा परी ३४ जना...
जेनजी आन्दोलनका क्रममा सिंहदरबार आगजनी आरोपमा एक व्यक्ति पक्राउ
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा सिंहदरबार क्षेत्रमा आगजनी गराएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर, काठमाडौंले चितवनको खैरहनी नगरपालिका–९ स्थायी घर भई हाल काठमाडौंको अनामनगरमा बस्दै आएका ३६ वर्षीय महेन्द्र गौतमलाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार गौतमले आन्दोलनका क्रममा सिंहदरबारमा आगो लगाउन अरूलाई उक्साएको तथा...
उदयपुर सिमेन्ट देशको मेरुदण्ड, राज्यले संरक्षण गर्नैपर्छ: बालेन्द्र शाह
काठमाडौँ । झापा–५ बाट प्रतिनिधि सभाको निर्वाचनमा होमिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहले उदयपुर सिमेन्टलाई देशको मेरुदण्ड भएको बताएका छन्। उनले उदयपुर सिमेन्टको गेट देखिने गरी आफ्नो तस्बिर राख्दै उद्योगप्रति आफ्नो दृष्टिकोण व्यक्त गरेका हुन्। उनले उदयपुर सिमेन्ट जस्तो उद्योगलाई राज्यले संरक्षण तथा प्रबर्द्धन गर्नुपर्ने...
बाबुराम भट्टराईलाई पितृशोक, पिता भोजप्रसाद भट्टराईको ९७ वर्षमा निधन
काठमाडौं । पूर्व प्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का संरक्षक डा. बाबुराम भट्टराईलाई पितृशोक परेको छ। भट्टराईका पिता भोजप्रसाद भट्टराईको ९७ वर्षको उमेरमा बिहीबार बिहान निधन भएको हो। भट्टराईको सचिवालयका अनुसार भोजप्रसाद भट्टराईको आज बिहान ८:१५ बजे बाँसबारीस्थित न्युरो अस्पतालमा उपचारका क्रममा निधन भएको हो। केही दिनयता उनको...
कारोबार घट्दै जाँदा शेयर बजार सुस्त, केही कम्पनीमा सकारात्मक सर्किट
काठमाडौँ। मंगलबारपछि बुधबार पनि शेयर बजार झिनो अंकले ओरालो लागेको छ। पछिल्ला केही दिनयता बजार सुस्त गतिमा अघि बढिरहेको छ भने कारोबार रकमसमेत निरन्तर घट्दै गएको छ। नयाँ लगानी भित्रिनुको सट्टा लगानीकर्तामा ‘पर्ख र हेर’को प्रवृत्ति देखिँदा बजारको सक्रियता कमजोर बनेको विश्लेषकहरूले बताएका छन्। सूचक सामान्य रूपमा घटे पनि...
स्वास्थ्य बिमामा देखिएका समस्या समाधानका लागि प्रधानमन्त्री कार्कीको पहल
काठमाडौँ । स्वास्थ्य बिमा कार्यक्रममा देखिएका समस्या समाधानका लागि प्रधानमन्त्री सुशीला कार्कीले चासो देखाएकी छन् । यसैक्रममा प्रधानमन्त्री कार्कीले आज बुधबार स्वास्थ्य बिमासँग सम्बन्धित सबै सरोकारवाला पक्षसँग छलफल गर्ने भएकी छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा दिउँसो साढे १ बजे छलफल तय गरिएको छ ।...










