समाचार

नेपाल पुनर्बीमा कम्पनीको अध्यक्षमा अमृत लम्साल नियुक्त

काठमाडौँ । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको संचालक समितिका अध्यक्ष अमृत लम्साल नियुक्त भएका छन् । नवनियुक्त अध्यक्ष लम्साललाई नेपाल बीमा प्राधिकरणकी अध्यक्ष चन्द्रकला पौडेलले पद तथा गोपनीयताको शपथ गराएकी हुन् नेपाल सरकारले भन्सार विभागका उपमहानिर्देशक रहेका लम्साललाई अर्को व्यवस्था नभएसम्मका लागि नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको संचालक समितिको अध्यक्ष तोकेको...

हिमाली जिल्लामा पनि फागुन २१ मै निर्वाचन : प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले हिमाली जिल्लासहित देशभर फागुन २१ गते नै निर्वाचन हुने स्पष्ट पारेकी छन्। बिहीबार सोलुखुम्बु पुगेर निर्वाचन तयारीको स्थलगत अवलोकन तथा सरोकारवालासँग छलफल गर्दै उनले तोकिएकै मितिमा चुनाव सम्पन्न गर्न सरकार तयार रहेको बताइन्। प्रधानमन्त्री कार्कीले निर्वाचन सार्ने कुनै अवस्था नरहेको उल्लेख गर्दै हिमाली भेगका...

निरन्तर ओरालो लाग्दै वाणिज्य बैंकको ब्याजदर

काठमाडौँ । वाणिज्य बैंकहरूले फागुन महिनाका लागि लागू हुने नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। बैंकहरूद्वारा प्रकाशित विवरणले अधिकांशले ब्याजदर घटाएका हुन् । व्यक्तिगत मुद्दति निक्षेपतर्फ हेर्दा फागुन महिनामा बैंकहरूको अधिकतम औसत ब्याजदर घटेको देखिन्छ। माघ महिनामा ४.६८ प्रतिशतविन्दुमा रहेको यस्तो ब्याजदर फागुनमा ०.११ प्रतिशतविन्दुले घट्दै ४.५६ प्रतिशत विन्दुमा झरेको...

नेप्से झिनो अंकले घट्यो, करिब ९ अर्बको कारोबार

काठमाडौं । साता कारोबारको चौथो दिन बुधबार सेयर बजार सामान्य अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ०.०४ अंकले घट्दै २६६२.०९ बिन्दुमा पुगेर बन्द भएको हो । बजारमा आज ३२९ वटा कम्पनीका सेयर किनबेच हुँदा कुल कारोबार रकम ८ अर्ब ६९ करोड २२ लाख रुपैयाँ पुगेको...

आयल निगमले टेकु परिसरबाटै ग्यास बिक्री गर्दै

काठमाडौं । नेपाल आयल निगमले टेकुस्थित आफ्नो परिसरबाट तीन वटा कम्पनीको ग्यास बिक्री बितरण गर्न सुरु गरेको छ ।पछिल्लो समय बजारमा देखिएको खाना पकाउने ग्यासको अभाव समस्या समाधान गर्न निगमले ग्यास उद्योगीको सहकार्यमा अवस्थामा सुधार नहुँदासम्म टेकु परिसरबाट नेपाल ग्यास, सुगम ग्यास र एभरेष्ट ग्यासको बिक्री गर्न सुरु गरेको...

सुशासन र विकासका लागि भ्रष्टाचार नियन्त्रण गर्नु नै पर्छ: प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचार नियन्त्रणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खेलेको भूमिकाको प्रशंसा गरेकी छन्। बुधबार आयोगको ३५ औँ वार्षिकोत्सव समारोहमा सम्बोधन गर्दै उनले आयोगले महत्वपूर्ण काम गर्दै आएको भन्दै पनि भ्रष्टाचार न्यून हुन नसकेकोमा चिन्ता व्यक्त गरिन्। प्रधानमन्त्री कार्कीले भनिन्, ‘मुलुकमा सुशासन प्रवर्धन र भ्रष्टाचार न्यूनीकरणका लागि...

राष्ट्रियसभा बैठक बस्दै, चलचित्र विधेयक प्रमुख कार्यसूचीमा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको समेत कार्यभार सम्हालिरहेकी प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रियसभाको आज बस्ने बैठकमा ‘चलचित्र विधेयक, २०८१’ प्रस्तुत गर्ने भएकी छन्। सङ्घीय संसद् सचिवालयका अनुसार आज अपराह्न १ः१५ बजेका लागि निर्धारण गरिएको राष्ट्रियसभा बैठकको सम्भावित कार्यसूचीअनुसार प्रधानमन्त्री कार्कीले उक्त विधेयक छलफलका लागि प्रस्ताव गर्दै पारितसमेत गर्न...

भ्रष्टाचार अवधारणा सूचकाङ्क २०२५: नेपाल ३४ अङ्कमै स्थिर

काठमाडौँ — ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल (टीआई) ले सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकाङ्क (सीपीआई) २०२५ अनुसार नेपालले यस वर्ष पनि १०० मध्ये ३४ अङ्क प्राप्त गरेको छ। गत वर्षकै अङ्क दोहोरिनुले मुलुकमा भ्रष्टाचार नियन्त्रणको अवस्थामा उल्लेखनीय सुधार नदेखिएको सङ्केत गरेको छ। विश्वका १८० देश समेटिएको सूचकाङ्कमा नेपाल ‘मध्यमभन्दा कमजोर’ श्रेणीमै...

तामाकोशी नदीमा बस खस्दा ५ जनाको मृत्यु, ६ जना घाइते

काठमाडौं । काठमाडौंबाट रामेछापको धोबी हुँदै ओखलढुंगातर्फ जाँदै गरेको यात्रुवाहक बस रामेछापको सेलेघाट-मचानेटार क्षेत्रमा तामाकोशी नदीमा खसेको छ । प्रदेश ३-०१-००५ ख ९९७५ नम्बरको उक्त बस दुर्घटनामा परेर ५ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । बस अनियन्त्रित भई सडकबाट करिब सय मिटर तल...

वेस्ट बैंकमा इजरायलको कदमप्रति राष्ट्र सङ्घद्वारा चिन्ता व्यक्त

संयुक्त राष्ट्रसंघ महासचिव एन्टोनियो गुटेरेसले कब्जा गरिएको वेस्ट बैंकको ‘क्षेत्र ए’ र ‘क्षेत्र बी’ मा प्रशासनिक तथा प्रवर्तनका उपायहरू लागू गर्ने इजरायली सुरक्षा क्याबिनेटको निर्णयप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्। महासचिवका प्रवक्ता स्टेफन दुजारिकमार्फत सोमबार जारी गरिएको एक विज्ञप्तिमा इजरायलको यस्तो कदमले यस क्षेत्रमा जारी द्वन्द्वलाई थप चर्काउने र...