गृहमन्त्री गुरुङद्वारा पदबाट राजीनामा
गृहमन्त्री सुधन गुरुङले आफ्नो पदबाट राजीनामा दिएका छन्। पदभार सम्हालेको २६ दिनमै उनले राजीनामा दिएका हुन्।
व्यापारी दीपक भट्टसँग साझेदारी रहेको विवरण बाहिरिएपछि उनीमाथि राजीनामा दिन दबाब परेको थियो। हदबन्दीभन्दा बढी जग्गा राखेको, सम्पत्ति विवरण लुकाएको र सम्पत्ति शुद्धीकरण विभागको कारबाहीमा परेका भट्टसँग मिलेर शेयर खरिद गरेको लगायतका विषयमा उनी विवादमा तानिएका थिए। चैत १३ गते गृहमन्त्रीमा नियुक्त उनी त्यसयता विभिन्न प्रकरणहरूमा विवादित बन्दै आएका थिए।
यसअघि बालेन्द्र शाहको क्याबिनेटका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपक शाहले पनि पदबाट राजीनामा दिएका थिए।
