समाचार

पशुपतिनाथमा महाशिवरात्रिको रौनक, आठ लाख दर्शनार्थीको अनुमान

काठमाडौं । आज हिन्दु धर्मावलम्बीहरूको प्रमुख पर्व महाशिवरात्रि श्रद्धा, भक्ति र उल्लासका साथ देशभर मनाइँदैछ। पर्वको मुख्य केन्द्रका रूपमा रहेको पशुपतिनाथ मन्दिर परिसरमा बिहानैदेखि दर्शनार्थी, साधुसन्त तथा बाबाहरूको उल्लेख्य चहलपहल देखिएको छ। मन्दिर क्षेत्रमा बाबाहरूले धुनी बालेर बस्न थालेका छन् भने भक्तजनको भीडले सम्पूर्ण क्षेत्र भक्तिमय बनेको छ। महाशिवरात्रिको...

महाशिवरात्रिका लागि पशुपति क्षेत्रमा तीव्र तयारी

काठमाडौं । हिन्दु धर्मावलम्बीहरूको मुख्य पर्व महाशिवरात्रि नजिकिँदै गर्दा पशुपतिनाथ मन्दिर परिसरमा तयारी तीव्र पारिएको छ। आइतबार मनाइने महाशिवरात्रिका अवसरमा भक्तजनलाई सहज रूपमा दर्शन गराउन आवश्यक सम्पूर्ण व्यवस्था मिलाइएको जनाइएको छ। पशुपति क्षेत्र विकास कोषका अनुसार पर्वका दिन कुनै पनि अभाव हुन नदिने गरी सरसफाइ, सुरक्षा, दर्शन व्यवस्थापनलगायत तयारी...

के.पी. शर्मा ओलीलाई नै भोट किन ? एमालेको चुनावी प्रतिबद्धता सार्वजनिक

काठमाडौं । नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री के.पी. शर्मा ओलीलाई पुनः मतदान गर्न आग्रह गर्दै चुनावी प्रतिबद्धता सार्वजनिक गरेको छ। “के.पी. शर्मा ओलीलाई नै भोट किन ?” शीर्षकसहित सार्वजनिक गरिएको प्रचार सामग्रीमा राष्ट्रियता, लोकतन्त्र, सुशासन, विकास र जनजीविकासँग सम्बन्धित विस्तृत एजेन्डा समेटिएको छ। घोषणापत्रमा राष्ट्रिय स्वाधीनताको रक्षा गर्दै लोकतन्त्र...

मकवानपुर–१ : हेटौंडाको मत निर्णायक, कसले मार्ला बाजी

मकवानपुर । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर–१ फेरि एक पटक पुराना प्रतिस्पर्धी र नयाँ उम्मेदवारबीचको चुनावी परीक्षणस्थल बन्दैछ । पाँच–पाँच पटक चुनाव लडेका उम्मेदवार र पहिलो पटक संसद् पुग्न खोजिरहेका नयाँ अनुहार एउटै मैदानमा उभिएका छन् । २१ फागुनमा हुने निर्वाचनका लागि यहाँ २३ जनाले उम्मेदवारी दिएका छन् । ४०...

बहुपक्षीयता र समावेशी विकासमा इकोसक अध्यक्ष थापाको जोड

इकोसका अध्यक्ष लोकबहादुर थापाले बहुपक्षीयताको सुदृढीकरण र समावेशी विकासमा जोड दिएका छन् । कोनराड एडेनाउरको १५० औं जन्मजयन्तीको अवसरमा कोनराड एडेनाउर फाउन्डेसनद्वारा न्युयोर्कमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै नेपालका लागि संयुक्त राष्ट्रसंघका स्थायी प्रतिनिधि समेत रहेका इकोसक अध्यक्ष थापाले वर्तमान विश्व भू-राजनीतिक तनाव र आर्थिक दबाबबाट गुज्रिरहेको बताए । उनले...

आपसी सद्भावका लागि कोरियामा गोरखालीहरुको भेला हुँदै

दक्षिण कोरिया । दक्षिण कोरियामा रहेका गोरखालीहरुको साझा संस्था नेपाल गोरखा परिवारले भोलि फेब्रुअरी १४ र १५ मा गोरखाली भेटघाट कार्यक्रम आयोजना गर्ने भएको छ । कोरियाली नागरिकहरुले नयाँ वर्षको रुपमा उत्साहपूर्वक मनाउने सलनाल पर्वको अवसर पारेर उक्त कार्यक्रम आयोजना गर्न लागिएको संस्थाका अध्यक्ष देवी गौतमले जानकारी दिए ।...

निषेधाज्ञाबीच पूर्वराजा शाहको स्वागत तयारी, विमानस्थल क्षेत्रमा समर्थकको भीड

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह लाई र्‍यालीसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाट निर्मल निवास पुर्‍याउने तयारी भएपछि काठमाडौंमा सुरक्षा व्यवस्था कडा बनाइएको छ। विमानस्थलदेखि निर्मल निवाससम्म उच्च सतर्कतासहित सुरक्षाकर्मी परिचालन गरिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार सम्भावित अवाञ्छित गतिविधि रोक्न सुरक्षा व्यवस्था मजबुत बनाइएको...

बंगलादेशमा सत्ता परिवर्तन, बंगलादेश नेशनलिस्ट पार्टीको सशक्त पुनरागमन

काठमाडौं । बंगलादेशमा बिहीबार सम्पन्न आम निर्वाचनबाट बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) ले स्पष्ट बहुमत हासिल गर्दै सत्तामा सशक्त पुनरागमन गरेको छ। कुल ३०० सिटमध्ये २९९ सिटमा मतदान भएको यस निर्वाचनमा बीएनपीले बहुमत मात्र होइन, दुई तिहाइ नजिक पुग्ने संकेत देखिएको छ। यससँगै बीएनपी अध्यक्ष तारिक रहमान नयाँ प्रधानमन्त्री बन्ने...

कृषि विकास बैंकले खुलायो ठूलो संख्यामा विज्ञापन

काठमाडौं । कृषि विकास बैंक लिमिटेडले खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्तिका लागि २४२ जनाका लागि विज्ञापन खुलाएको छ। बैंकले ६३ जना अधिकृतस्तर र बाँकी २०६ जना सहायकस्तर (प्रशासन) का लागि विज्ञापन खुलाएको हो। सम्बन्धित पदका लागि तोकिएको योग्यता भएका इच्छुक व्यक्तिले फागुन २१ गतेसम्म र दोब्बर दस्तूर तिरी...

अर्घाखाँचीलाई अर्गानिक र धार्मिक पर्यटनको केन्द्र बनाउने फुल्लेलको संकल्प

काठमाडौँ ।अर्घाखाँची जिल्लाको समग्र विकास, धार्मिक पहिचान संरक्षण र स्थानीय रोजगारी सृजनालाई मूल एजेन्डा बनाउँदै प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवार झविन्द्र फुल्लेलले चुनाब प्रचारप्रसार तीब्र बनाएका ।उनी  राष्ट्रिय प्रजातन्त्र पार्टी को तर्फबाट उम्मेदवार बनेका हुन्। धर्मबीरोधी सम्पूर्ण गतिविधि अन्त्य गर्दै मठमन्दिर तथा देवालयको उचित संरक्षण र प्रवर्द्धन गर्ने प्रतिबद्धता...