उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष शेखर गोल्छा प्रहरीद्वारा पक्राउ
हिमालयन रि इन्स्योरेन्स कम्पनी र नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष शेखर गोल्छा पक्राउ परेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले नक्सालबाट उनलाई पक्राउ गरेको हो । नेपाल धितोपत्र बोर्डको छानबिन प्रतिवेदनका आधारमा अनुसन्धानका लागि गोल्छालाई काठमाडौंबाट नियन्त्रणमा लिइएको हो ।
जाँचबुझ प्रतिवेदन समेतका आधारमा गोल्छा समेतको मिलेमतोमा धितोपत्रसम्बन्धी ऐन २०६३ को दफा ९४, ९५, ९६ को उपदफा (१) र दफा ९८ बमोजिमको कसुरमा अनुसन्धान गर्न उनलाई पक्राउ गरिएको बताइएको छ ।
हिमालयन रिइन्स्योरेन्स कम्पनीको सेयरमा इन्साइडर ट्रेडिङ गरेको विषयमा नेपाल धितोपत्र बोर्डले आवश्यक अनुसन्धानका लागि सिफारिस गरेसँगै उनलाई पक्राउ गरिएको हो ।
