सरकारको सिफारिसपछि संसद् अधिवेशन स्थगित

तु खबर संवाददाता
२०८३ बैशाख १०, बिहीबार १९:४०

सरकारले संघीय संसद् अधिवेशन स्थगनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार सिफारिस पत्र राष्ट्रपति कार्यालय शीतलनिवास पुगेको हो ।

राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसअनुसार नै संसद् अधिवेशन स्थगन गर्ने निर्णय गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जानकारी दिए ।

यसअघि पनि मन्त्रिपरिषद्कै सिफारिसमा राष्ट्रपति पौडेलले वैशाख १७ गते बिहीबार अपरान्ह २ बजेका लागि संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरेका थिए । अधिवेशन कहिलेका लागि आह्वान गर्ने भन्ने बारे मन्त्रिपरिषद्ले राष्ट्रपति कार्यालय पठाएको पत्रमा केही पनि उल्लेख छैन ।