समाचार
राष्ट्रपतिले चैत २७ गते सङ्घीय संसद्को संयुक्त बैठकमा सम्बोधन गर्ने
राष्ट्रपति रामचन्द्र पौडेलले चैत २७ गते शुक्रबार संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएका छन् । सङ्घीय संसद् सचिवालयका अनुसार, चैत २७ गते दिउँसो ३ बजे बस्ने संयुक्त बैठकलाई राष्ट्रपति पौडेलले सम्बोधन गर्ने तय भएको जानकारी दिए । राष्ट्रपति पौडेलले सरकारको सिफारिसमा संयुक्त बैठकलाई सम्बोधन गर्न लागेका...
वीर अस्पतालका लेखा अधिकृत दाहाल घुससहित पक्राउ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान अन्तर्गत वीर अस्पतालमा कार्यरत लेखा अधिकृत ढुण्डी राज दाहालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगका अनुसार दाहालले विभिन्न सप्लायर्स कम्पनी तथा ठेकेदारलाई नियमानुसार भुक्तानी गर्नुपर्ने बिल पास गर्ने क्रममा घुस लिएको सूचना तथा उजुरीका आधारमा अनुसन्धान अघि बढाइएको थियो। सोही क्रममा...
कानुनविपरीत लिइएको शुल्क विद्यार्थीलाई फिर्ता गर्न मन्त्रालयको निर्देशन
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका संस्थागत विद्यालयहरूद्वारा गैरकानुनी रूपमा लिइएको शुल्क विद्यार्थीलाई फिर्ता गर्न निर्देशन दिएको छ। मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै कानुन विपरीत शुल्क असुल गर्ने विद्यालयहरूमाथि कडाइ गर्न आग्रह गरेको हो। केही विद्यालयहरूले अझै पनि कानुन विपरीत शुल्क असुल गरिरहेकामा गुनासो प्राप्त भएको छ।...
चैत २७ मा उपसभामुखको निर्वाचन हुने
प्रतिनिधिसभाको उपसभामुख पदका लागि यही चैत २७ गते निर्वाचन हुने भएको छ । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले उक्त मिति औपचारिक रूपमा घोषणा गरेका हुन् । सभामुख अर्याल भने चैत २२ गते सम्पन्न निर्वाचनबाट निर्विरोध निर्वाचित भएका थिए । उनको एकल उम्मेदवारी परेपछि प्रतिस्पर्धा बिना नै सभामुख...
सर्वोच्च अदालतद्वारा सरकारको नाममा कारण देखाऊ आदेश
सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्रै दिने सरकारको निर्णयका विरुद्ध सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ । नेपाल मिडिया सोसाइटीका तर्फबाट अधिवक्ता अनन्तराज लुइँटेलले जारी गरेको रिट उपर सुनुवाई गर्दै सर्वोच्च अदालतले सरकारको नाममा कारण देखाऊ आदेश जारी गरेको हो ।सर्वोच्च अदालतका न्यायाधीश मेघराज पोखरेलको इजलासले सरकारका नाममा...
मन्त्रिपरिषद्का सदस्यहरुको मर्यादा हेरफेर
प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा नेपालका राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रीपरिषद्का सदस्यहरूको मर्यादाक्रम हेरफेर गरेका छन् । सार्वजनिक गरिएको नयाँ मर्यादाक्रम अनुसार यसअघि तेस्रो मा रहेका गृहमन्त्री सुधन गुरुङ ५ औँ नम्बरमा पुगेका छन् । दोस्रोमा डा स्वर्णिम वाग्ले, तेस्रोमा परराष्ट्रमन्त्री शिशिर खनाल र चौथोमा ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ रहेका छन् ।...
सरकारद्वारा इन्धनमा लगाउँदै आएको भन्सार महसुल र करमा ५० प्रतिशत छुट दिने निर्णय
मन्त्रिपरिषद्को आजको बैठकले विभिन्न निर्णयहरु गरेको छ । सरकारले इन्धनको बढ्दो मूल्य र आर्थिक भार कम गर्न पेट्रोल, डिजेल र मट्टितेलको पैठारीमा लाग्दै आएको भन्सार महसुल र पूर्वाधार विकास करमा ५० प्रतिशत छुट दिने विशेष निर्णय गरेको छ। पछिल्लो १५ दिनमा मात्रै इन्धनमा करिब ११ अर्ब ७२ करोड रुपैयाँ...
पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा: विशेषको आदेशविरुद्ध अख्तियार सर्वोच्चमा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भनिएको भ्रष्टाचार प्रकरणमा विशेष अदालतको आदेशप्रति असन्तुष्टि जनाउँदै सर्वोच्च अदालतमा निवेदन दिएको छ। विशेष अदालतले आरोपितहरूलाई साधारण तारिख तथा न्यून धरौटीमा रिहा गर्ने आदेश दिएकोप्रति असन्तुष्टि जनाउँदै आयोग मंगलबार उनीहरूलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने मागसहित सर्वोच्च पुगेको हो।...
ओली र लेखकलाई छोड्न महरको माग
नेकपा एमालेका सांसद ऐनबहादुर महरले पूर्वप्रधानमन्त्री केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई तत्काल रिहा गर्न माग गरेका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद महरले प्रतिशोध र पूर्वाग्रहको राजनीति बन्द गर्न आग्रह समेत गरेका छन् । उनले ओली र लेखकलाई तत्काल थुनामुक्त गर्न माग गरेका हुन् । सरकारले पछिल्लो...
राष्ट्रियसभा उपाध्यक्षमा भण्डारी निर्विरोध निर्वाचित
राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा एमालेकी सांसद लिलाकुमारी भण्डारी निर्विरोध निर्वाचित भएकी छन्। अध्यक्ष नारायण दाहालले सोमबारको बैठकमा उनको मात्रै उम्मेदवारी परेकाले विधिवत रुपमा निर्विरोध निर्वाचित भएको घोषणा गरे । आइतबार उपाध्यक्षको मनोनयन दर्ताका लागि तोकेको समयमा भण्डारीको मात्रै उम्मेदवारी परेको थियो । उनको समर्थकमा नेपाली कांग्रेसका सांसद कृष्णबहादुर रोकाय,...










