समाचार

युद्धले विश्‍व अर्थतन्त्रको वृद्धिदर घट्ने आईएमएफको चेतावनी

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) अन्तर्राष्ट्रिय मुद्रा कोषकी प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जिएभाले मध्यपूर्वमा जारी युद्धका कारण विश्व अर्थतन्त्रमा परेको दबाब घटाउन सबै मुलुकहरूले आपसी समन्वयका साथ काम गर्नुपर्ने आवश्यकता औंल्याएकी छन् । न्युयोर्कमा आयोजित सन् २०२६ को वसन्त बैठकको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले एकल–एकल रूपमा लिइने आर्थिक निर्णय, निर्यात...

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

प्रतिनिधि सभाको उपसभामुखमा श्रम संस्कृति पार्टीकी उम्मेदवार रुबीकुमारी ठाकुर निर्वाचित भएकी छन्। शुक्रबार भएको निर्वाचनमा उनी उपसभामुख चयन भएकी हुन् । आज सदनमा २५६ सांसद उपस्थित थिए । यीमध्ये ले रुबीकुमारीलाई उपसभामुख बनाउने पक्षमा २२९ जनाले मतदान गरे । उनको विपक्षमा ५ जनाले मतदान गरे भने २२ जना तटस्थ...

राष्ट्र बैंकमा दुई निर्देशकको कार्यकारी निर्देशक पदमा बढुवा

नेपाल राष्ट्र बैंकले प्रशासन सेवातर्फ रिक्त रहेको दुई कार्यकारी निर्देशक (अधिकृत विशिष्ट श्रेणी) पदमा कर्मचारी बढुवा गरेको छ। बैंकको मानव संसाधन व्यवस्थापन विभागले जारी गरेको सूचना अनुसार कर्मचारी सेवा विनियमावली, २०६८ को व्यवस्था बमोजिम हाल कार्यरत निर्देशकहरू मध्येबाट दुई जनालाई पदोन्नति गर्ने निर्णय गरिएको हो। पदोन्नति हुने अधिकारीहरूमा बैंकिङ...

आइतबार पनि ओपिडी सेवा सुचारु राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका अस्पताल तथा सम्बन्धित निकायलाई आइतबार पनि ओपिडी सेवा सुचारु राख्न निर्देशन दिएको छ । सरकारले सरकारी कार्यालयमा शनिबार र आइतबार सार्वजनिक बिदा लागू गरेसँगै मन्त्रालयले सेवा प्रवाहमा कुनै अवरोध नआउने गरी आवश्यक व्यवस्था मिलाउन आग्रह गरेको हो । मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीद्वारा हस्ताक्षरित...

आज राष्ट्रपति रामचन्द्र पौडेलले देशवासीका नाममा सम्बोधन गर्ने

आज बस्ने संघीय संसद्को बैठकमा नेपालका राष्ट्रपति रामचन्द्र पौडेलले देशवासीको नाममा सम्बोधन गर्ने भएका छन् । दिउँसो ३ बजेका लागि संघीय संसद्को बैठक बस्ने महासचिव पद्मप्रसाद पाण्डेयले जारी गरेको सूचनमा उल्लेख छ । शुक्रबार संघीय संसद्को दुबै सदनको संयुक्त बैठक बस्ने भएको छ । सो बैठकमा राष्ट्रपति पौडेलले सम्बोधन...

नागरिक एपमा थप सेवा, एनओसी र प्रवेशपत्र अब अनलाइन

काठमाडौं । सरकारले डिजिटल सुशासनलाई सुदृढ बनाउने दीर्घकालीन लक्ष्यअनुसार नागरिक सेवालाई अनलाइनमार्फत उपलब्ध गराउने अभियानलाई योजनाबद्ध रूपमा अघि बढाएको जनाएको छ। यसैक्रममा वैदेशिक अध्ययनका लागि आवश्यक ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी), लोक सेवा आयोगको प्रवेशपत्र तथा निजामती कर्मचारीको व्यक्तिगत विवरण (पिआईएस) नागरिक एपमार्फतै उपलब्ध गराउने व्यवस्था अन्तिम चरणमा पुगेको छ।...

उपसभामुखको निर्वाचन हुँदै, राप्रपा र श्रम संस्कृति पार्टीबीच प्रतिस्पर्धा

काठमाडौं । आज चैत २७ गते प्रतिनिधि सभाको उपसभामुखका लागि निर्वाचन हुँदैछ। आज दिउँसो ४ बजे बस्ने प्रतिनिधि सभाको बैठकले उपसभामुखको चयन गर्ने कार्यसूची रहेको छ। उपसभामुख पदका लागि दुई वटा राजनीनितक दलबाट मात्रै उम्मेदवारी परेको छ। ५ सीट भएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट सरस्वती लामा र ७...

पूर्वसभामुख महरासहित २९ जनालाई भ्रष्टाचार मुद्धा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमार्फत भएको सुन तस्करी र भ्रष्टाचार प्रकरणमा पूर्व सभामुख कृष्ण बहादुर महरासहित २९ जनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जारी गरेको विज्ञप्तिअनुसार, दुबईबाट लुकाई–छिपाई ल्याइएको करिब ८ हजार ४ सय ८० ग्राम सुन प्रकरणमा मुछिएका...

सभापति लामिछानेको लिखित निर्देशनपछि श्रम मन्त्री पदमुक्त

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवी लामिछानेको लिखित निर्देशनपछि श्रम, रोजगार तथा समाजिक सुरक्षामन्त्री दीपक कुमार साहलाई पदमुक्त गरिएको छ । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्री साहलाई बर्खास्त गरेका हुन् । आफ्नी श्रीमतिलाई स्वास्थ्य बीमा बोर्डको सदस्यमा सक्रिय गराएपछि उनको आलोचना हुँदै आएको थियो । व्यापक आलोचना भएपछि पार्टी सभापति लामिछानेले...

केपी शर्मा ओली जिम्मा जमानीमा रिहा, अनुसन्धानमा सहयोग गर्ने सर्त

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले जिम्मा जमानीमा रिहा गरेको छ। सर्वोच्च अदालतको आदेशपछि सरकारी वकिलको कार्यालयबाट पत्र आएसँगै उनलाई छाड्ने प्रक्रिया अघि बढाइएको थियो। काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार अनुसन्धानका क्रममा आवश्यक परे हाजिर हुने सर्तमा ओलीलाई उनकी धर्मपत्नी...