समाचार

सरकारको निर्देशनप्रति महासंघको आपत्ति

सरकारी विज्ञापन नीतिमा असहमति जनाउँदै नेपाल पत्रकार महासंघ को केन्द्रीय समितिको चौथो पूर्ण बैठक सम्पन्न भएको छ । महासंघले १३ बुँदे घोषणापत्र जारी गर्दै सरकारी नीतिप्रति असहमति जनाएको हो । हेटौंडामा अयोजित बैठकले सरकारले सरकारी सूचना सरकारी सञ्चारमाध्यममा मात्र दिने गरी पत्राचार गरेको विषयमा महासंघले आपत्ति जनाएको हो ।...

समाज कल्याण परिषद् द्वारा तालाबन्दी

समाज कल्याण परिषद्ले भृकुटीमण्डपभित्र कार्यालय तथा व्यवसाय सञ्चालन गर्ने तर भाडा नतिर्नेहरुको पसल तथा कार्यालयमा ताला लगाइदिएको छ । बारम्बार सूचित गर्दा समेत भाडा नतिरेपछि उनीहरुको पसल तथा कार्यालयमा ताला लगाएको परिषद्ले जनाएको छ । परिषद्का सदस्यसचिव सरोज कुमार शर्माका अनुसार २० वटा कार्यालय तथा कोठाहरुमा ताला लगाइएको हो...

प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्तिको स्रोत देखाउन माग गर्दै माइतीघरमा प्रदर्शन

अखिल क्रान्तिकारीले मन्त्रीहरूको सम्पत्तिको स्रोत सार्वजनिक गर्न माग गर्दै राजधानीमा प्रदर्शन गरेको छ। सोमबार माइतीघर क्षेत्रमा भेला भएका विद्यार्थीहरूले हालै सार्वजनिक गरिएको सम्पत्ति विवरणको वैध स्रोत खुलाउन सरकारसँग माग गरेका हुन्। उनीहरूले मन्त्रीहरूले देखाएको सम्पत्ति अस्वाभाविक रहेको दाबी गर्दै त्यसको छानबिन गर्नुपर्ने बताएका छन्। प्रदर्शनका क्रममा सहभागीहरूले आयस्रोत खुलाऊ,...

शेयरबजार सामान्य करेक्सनमा, लगानीकर्ताको मनोबल बलियो

काठमाडौँ । नेपाली शेयर बजारमा सोमबार पनि सामान्य गिरावट देखिएको छ। गत शुक्रबारदेखि निरन्तर ओरालो लागेको बजार आज झिनो अंकले घट्दै बन्द भएको हो। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४.१८ अंकले घटेर २८३३.६० बिन्दुमा कायम भएको छ। आज कुल २ करोड १ लाख ६३ हजार कित्ता शेयर किनबेच हुँदा...

वैशाखका लागि घट्यो वाणिज्य बैंकको ब्याजदर, कुन बैंकको कति?

काठमाडौं । वाणिज्य बैंकहरूले वैशाख महिनाका लागि सार्वजनिक गरेको ब्याजदर अनुसार निक्षेपदरमा सामान्य गिरावट देखिएको छ। चैत महिनाको तुलनामा वैशाखमा व्यक्तिगत तथा संस्थागत दुवै निक्षेपदर औसतमा घटेको देखिएको हो। चैतमा व्यक्तिगत निक्षेपतर्फ औसत ब्याजदर ४.४९ प्रतिशत रहेकोमा वैशाखमा घटेर ४.४० प्रतिशतमा झरेको छ। त्यस्तै संस्थागत निक्षेपतर्फ चैतमा ३.२९ प्रतिशत...

बचत फिर्ता गर्न सहकारी सञ्चालकको सम्पत्ति जफत गर्न सर्वोच्चको फैसला

सर्वोच्च अदालतले सहकारी क्षेत्रमा देखिएको वर्तमान संकटलाई ‘प्रणालीगत विफलता’को रूपमा व्याख्या गर्दै यसको समाधानका लागि विस्तृत निर्देशनात्मक आदेश जारी गरेको छ । न्यायाधीशद्वय कुमार रेग्मी र मेघराज पोखरेलको इजलासले सहकारी क्षेत्रमा देखिएको गम्भीर अनियमितता, संरचनागत कमजोरी र नियमन अभावलाई सम्बोधन गर्न राज्यका सम्बन्धित निकायलाई विभिन्न निर्देशन दिएको हो ।...

प्रधानमन्त्री शाह र मन्त्रिहरुको सम्पत्ति विवरण सार्वजनिक

प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री गुरुङसहितको सम्पत्ति विवरण आइतबार सार्वजनिक गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत सार्वजनिक प्रधानमन्त्री शाहको सम्पत्ति विवरण अनुसार, आमा ध्रुबदेवी साहको नाममा धनुषामा १.२ बिघा जग्गा महोत्तरीमा बुबा रामनारायण साहको नाममा ९ बिघा जग्गा रहेको उल्लेख छ । त्यस्तै श्रीमती सविना काफ्लेको नाममा १९०...

इस्लामाबादमा भएको इरान–अमेरिका शान्ति वार्ता निष्कर्षविहीन

अमेरिकी उपराष्ट्रपति जेडी भान्स, राष्ट्रपतिका विशेष दूत स्टिभ विट्कोफ र जारेड कुश्नर सम्मिलित अमेरिकी टोली इरानी नेताहरूसँगको प्रत्यक्ष वार्तापछि कुनै सम्झौता नगरी पाकिस्तानबाट फर्किएको छ। सन् १९७९ को इस्लामिक क्रान्तिपछि दुई देशबीच भएको यो पहिलो प्रत्यक्ष र आमनेसामने वार्ता थियो।इस्लामाबादमा करिब २१ घण्टासम्म चलेको यस म्याराथन बैठकपछि सञ्चारकर्मीहरूसँग बोल्दै...

बिदाका दिन पक्राउ परेका व्यक्तिलाई पनि २४ घण्टाभित्र अदालतमा पेस गर्न सर्वोच्चको परिपत्र

सर्वोच्च अदालतले बिदाका दिनमा समेत पक्राउ परेका व्यक्तिलाई संविधानले तोकेको २४ घण्टाभित्र मुद्दा हेर्ने अधिकारीसमक्ष अनिवार्य रूपमा उपस्थित गराउन मातहतका अदालतहरूलाई परिपत्र जारी गरेको छ । सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेपछि अदालतले यस्तो आदेश जारी गरेको हो । अनुसन्धान अधिकृतले पक्राउ परेकालाई २४ घण्टाभित्र मुद्धा...

परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय समकक्षी जयशंकरबीच भेट

हिन्द महासागरीय सम्मेलनमा सहभागी हुन मोरिससको पोर्ट लुई पुगेका परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री डा. एस जयशंकरबीच भेटवार्ता भएको छ। भेटमा भारतीय विदेशमन्त्री जयशंकरले परराष्ट्रमन्त्री खनाललाई पदभार सम्हालेकोमा बधाई दिएका छन्। नेपालमा नयाँ सरकार गठन भएपछि दुई देशका परराष्ट्रमन्त्रीहरूबीच यो पहिलो औपचारिक भेट भएको हो। परराष्ट्र मन्त्रालयद्वारा जारी...