प्रधानमन्त्री शाहले बोलाए संवैधानिक परिषदको बैठक

तु खबर संवाददाता
२०८३ बैशाख २३, बुधबार १४:२३
file-photo

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले संवैधानिक परिषदको बैठक बोलाएका छन्। रिक्त संवैधानिक पदहरूमा पदाधिकारी नियुक्तिका लागि सिफारिस गर्न बैठक बोलाइएको हो।

बैठक भोलि वैशाख २४ गते बिहीबार साँझ ५ बजेका लागि बोलाइएको छ। मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी गरेका छन्। अध्यादेश जारी भएसँगै प्रधानमन्त्री शाहले संवैधानिक परिषदको बैठक बोलाएका हुन्।

हाल सर्वाेच्च अदालतका प्रधानन्यायाधीश, निर्वाचन आयोगका प्रमुख आयुक्त, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष सहित सदस्य, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सदस्य, समावेशी आयोगमा अध्यक्ष र एक सदस्य सहित महिला आयोग, मुस्लिम आयोग र थारू आयोगमा पनि पदाधिकारीको पद रिक्त रहेको छ।