डा. मनोजकुमार शर्मा प्रधानन्यायाधीशमा सिफारिस
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहको आह्वानमा बिहीबार साँझ बसेको संवैधानिक परिषदको बैठकले प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्माको नाम सिफारिस गरेको छ।
न्यायपरिषदले प्रधानन्यायाधीश हुने लाइनको पहिलो नम्बरमा बरिष्ठताका आधारमा सपना प्रधान मल्ल, कुमार रेग्मी, हरि फुँयाल, डा.मनोजकुमार शर्मा, डा. नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको नाम सिफारिस गरेको थियो ।
६ वैशाख २०७६ मा सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त शर्मा अब संसदीय सुनुवाइबाट अनुमोदन भएपछिप्रधानन्यायाधीशमा बहाल हुनेछन् ।
