समाचार

फेरि बढ्यो पेट्रोलियम पदार्थको मुल्य

नेपाल आयल निगमले डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य बृद्धि गरेको छ । निगमले एक प्रेस विज्ञप्ति जारी गर्दै वैशाख ३ गते ९बिहीबार० बिहान १२ बजेदेखि लागू हुने गरी नयाँ मूल्य समायोजन गरेको जानकारी दिएको हो । नयाँ मूल्य सूची अनुसार डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ३० रुपैयाँले बढाइएको...

युवाहरू दिगो भविष्यका अपरिहार्य साझेदार हुन् : ईकोसक अध्यक्ष थापा

न्युयोर्क – संयुक्त राष्ट्र सङ्घको आर्थिक तथा सामाजिक परिषद् ईकोसकका अध्यक्ष लोक बहादुर थापाले विश्वका वर्तमान जटिल चुनौतीहरू सामना गर्न र दिगो विकासका लक्ष्यहरू प्राप्त गर्न युवाहरूको नेतृत्वदायी भूमिका अपरिहार्य रहेको बताएका छन् । २०२६ को युवा मञ्चलाई सम्बोधन गर्दै अध्यक्ष थापाले युवाहरू केवल विकासका लाभार्थी मात्र नभएर यसलाई...

इजरायलसहित थप चार देशमा सरकारले खोल्यो पुनः श्रम स्वीकृति

सरकारले थप चार देशका लागि पुनः श्रम स्वीकृति खुला गरेको छ । चैत ३० गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार इजरायल, लेबनन, कुवेत र बहराइन का लागि पुनः श्रम स्वीकृति खुला गरिएको वैदेशिक रोजगार विभागले जनाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले फागुन १७ गते मन्त्रीस्तरीय निर्णय गर्दै मध्यपूर्व तथा...

मन्त्रिपरिषद्को निर्णयः २०६३ यताका उच्चपदस्थको सम्पत्ति छानबिन हुने

नेपाल सरकारले  २०६३ सालदेखि हालसम्म सार्वजनिक पद धारण गरेका प्रमुख राजनीतिक पदाधिकारी र उच्च पदस्थ कर्मचारीहरूको सम्पत्ति छानबिन गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा पाँच सदस्यीय ‘सम्पत्ति जाँचबुझ छानबिन आयोग’ गठन गर्ने निर्णय गरेको हो। उक्त शक्तिशाली आयोगका सदस्यहरूमा पूर्वन्यायाधीश पुरुषोत्तम...

कांग्रेसको निर्णय,खड्कालाई स्पष्टीकरण दिन निर्देशन

काठमाडौं । नेपाली कांग्रेस ले पार्टीका नेता पूर्णबहादुर खड्का सँग सात दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ। बुधबार सानेपामा बसेको केन्द्रीय अनुशासन समितिको बैठकले खड्काले पार्टीको विधानविपरीत गतिविधि गरेको ठहर गर्दै उक्त निर्णय गरेको हो। समितिका संयोजक तारामान गुरुङका अनुसार खड्काले आफू कार्यवाहक सभापति रहेको दाबी गर्दै पटक–पटक...

मन्त्रिपरिषद् बैठक आज ४:३० बजे बस्दै, महत्वपूर्ण निर्णय हुने संकेत

काठमाडौं । प्रधानमन्त्री बालेन शाह ले आज मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा अपराह्न ४:३० बजे बस्ने तय भएको हो। सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेल का अनुसार बैठकमा मन्त्रालयगत विषयहरूमा छलफल हुनुका साथै केही महत्वपूर्ण निर्णयहरू पनि हुन सक्ने अनुमान गरिएको छ। हिजो...

शिक्षामन्त्री र बेलायतका राजदूतबीच भेटवार्ता

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेल र संयुक्त अधिराज्य बेलायतका राजदूत रब फेनबीच भेटवार्ता भएको छ। शिक्षामन्त्री पोखरेलको कार्यकक्षमा भएको उक्त भेटवार्तामा नेपाल–बेलायत सम्बन्धका साथै आपसी सहयोग र सहकार्यका विविध विषयमा छलफल भएको छ। शिक्षामन्त्री पोखरेलले शैक्षिक संस्थाका लागि बेलायतबाट प्राप्त सहयोगका लागि आभार व्यक्त गर्दै सातवटै...

सरकारको राष्ट्रिय प्रतिवद्धतापत्र सार्वजनिक

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका बरिष्ठ नेता एवम् प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा रहेको सरकारले राष्ट्रिय प्रतिवद्धतापत्र सार्वजनिक गरेको छ । फागुन २१ को निर्वाचनपछि गठित सरकारले चैत्र १३ मा जारी गरेको शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यसूचीको बुँदा नं। ३ का आधारमा राष्ट्रिय मान्यता प्राप्त ६ वटा राजनीतिक दलका घोषणापत्र...

राष्ट्रपति पौडेलद्वारा नयाँ वर्षको शुभकामना व्यक्त

काठमाडौं । नेपालका राष्ट्रपति रामचन्द्र पौडेलले सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवम् दीर्घायुको लागि शुभकामना व्यक्त गरेका छन् । नयाँ वर्ष २०८३ को अवसरमा शुभकामना सन्देश दिँदै उनले शुभकामना सन्देशमा नयाँ वर्षलाई विशेष दिन मानेर विगतको समीक्षा गर्ने र आगामी दिनमा गरिने कार्यहरुको लागि प्रतिज्ञा...

राष्ट्रियसभाका अध्यक्ष दाहाल टर्की प्रस्थान

राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल अन्तर–व्यवस्थापिका संघको १५२ औं महासभामा सहभागी हुन टर्कीको इस्तानबुल प्रस्थान गरेका छन् । राष्ट्रियसभाका सदस्यहरु डा। अन्जान शाक्य र कृष्णबहादुर रोकाया सम्मिलित प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अध्यक्ष दाहाल टर्की प्रस्थान गरेका हुन् । वैशाख २ गते देखि ०६ गतेसम्म टर्कीको इस्तानबुलमा आयोजना हुने महासभामा अध्यक्ष...