मानव अधिकारलाई प्राथमिकता दिन सरकारलाई आयोगको पत्राचार

तु खबर संवाददाता
२०८३ बैशाख २९, मंगलवार २१:०१

राष्ट्रिय मानव अधिकार आयोगले नेपाल सरकारले प्राथमिकता दिनुपर्ने मानव अधिकारका विषयहरू सरकार समक्ष पेश गरेको छ।

नेपालको संविधान, अन्य प्रचलित कानून र नेपालले अनुमोदन गरेका अन्तर्राष्ट्रिय सन्धि महासन्धिले सुनिश्चित गरेका मानव अधिकार सम्बन्धी दायित्वको कार्यान्वयनमा वर्तमान सरकारले दिनु पर्ने प्राथमिकताका विषयहरू उल्लेख गरी पत्राचार गरिएको हो।

आयोगद्वारा प्रेषित पत्रमा मौलिक हकको कार्यान्वयन, कानूनी सुधार, संक्रमणकालीन न्याय, मानव अधिकारसम्बन्धी राष्ट्रिय कार्ययोजना, विकास र मानव अधिकार, मानव अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय संयन्त्रबाट प्राप्त सुझाव र राष्ट्रिय मानव अधिकार आयोगको सुदृढीकरण, निर्वाचन र मानव अधिकार एवम् सार्वजनिक सेवाप्रवाह र मानव अधिकारका क्षेत्रमा गरिनुपर्ने समग्र कार्यको बारेमा उल्लेख गरिएको जनाएको छ।