समाचार

झापा निर्वाचन क्षेत्रमा हेलिकप्टरमार्फत जाँदै बालेन

काठमाडौं । रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)काठमाडौं(२ को मतदान केन्द्रमा मतदान सकेपछि झापा जान लागेका छन् । सुरक्षा स्रोतका अनुसार बालेन माउन्टेन एअरको हेलिकप्टरमार्फत झापा जान लागेका हुन् । केहीबेरमै उनी झापा प्रस्थान गर्ने बताइएको छ । झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट उनले उम्मेदवारी दिएका छन् ।...

दक्षिण अफ्रिकालाई स्तब्ध पार्दै न्युजिल्याण्ड फाइनलमा

ओपनर फिन एलेनको ऐतिहासिक र विस्फोटक शतकको मद्दतले न्युजिल्यान्ड आईसीसी टी–२० विश्वकप २०२६ को फाइनलमा प्रवेश गरेको छ। बुधबार कोलकाताको इडेन गार्डेन्समा भएको पहिलो सेमिफाइनल खेलमा दक्षिण अफ्रिकालाई ९ विकेटले स्तब्ध पार्दै न्युजिल्यान्ड फाइनल पुगेको हो । दक्षिण अफ्रिकाले दिएको १७० रनको लक्ष्यलाई न्युजिल्यान्डले मात्र १२.५ ओभरमा १ विकेट...

प्रतिनिधिसभा निर्वाचन: बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान गर्न सकिने

प्रतिनिधिसभाको निर्वाचन आज हुँदैछ । निर्वाचनको सबै तयारी पूरा भएको र बिहान ७ बजेबाट मतदान सुरु हुँदैछ । साँझ ५ बजेसम्म मतदान गर्न सकिने गरी समय निर्धारण गरिएको छ । जेन जी आन्दोलनपछि विघटन गरिएको प्रतिनिधिसभाको निर्वाचन आजको लागि तोकिएको थियो । राष्ट्रपतिले दिएको सोही म्याण्डेट अनुसार प्रतिनिधिसभाको निर्वाचन...

राष्ट्रपति पौडेल र प्रधानमन्त्री कार्कीबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रपति रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ । प्रतिनिधि सभाको निर्वाचनको पूर्वसन्ध्यामा शीतल निवास पुगेर प्रधानमन्त्री कार्कीले राष्ट्रपति पौडेलसँग भेट गरेकी हुन्। भेटमा प्रधानमन्त्री कार्कीले चुनावको तयारीबारे राष्ट्रपतिलाई जानकारी गराएको सचिवालयले जनाएको छ। उनले देशभरी एकै चरणमा निर्वाचन सम्पन्न गराउन सम्पूर्ण तयारी पुरा भएको...

निर्वाचनमा प्राथमिक उपचार स्वयंसेवक परिचालन गर्ने रेडक्रसको तयारी

काठमाडौं । नेपाल रेडक्रस सोसाइटी, काठमाडौं जिल्ला शाखाले भोलि हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा विभिन्न ३० मतदान केन्द्र परिसरमा प्राथमिक उपचार स्वयंसेवक परिचालन गर्ने भएको छ। काठमाडौं महानगरपालिकासहित अन्य १० पालिकाका विभिन्न ३० मतदान केन्द्रमा चारचार स्वयंसेवकले सेवा प्रदान गर्ने छन्। साथै ती स्वयंसेवकको अतिरिक्त शाखाले एम्बुलेन्ससहित सातजनाको अलग टोली...

प्रतिनिधिसभा निर्वाचनका लागि देशभर तयारी सकियो: गृह मन्त्रालय

काठमाडौँ  । गृह मन्त्रालयले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशका ७७ वटै जिल्लामा सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। बुधबार बिहान मन्त्रालयमा भएको भर्चुअल बैठकमार्फत सबै जिल्लाबाट तयारी र सुरक्षा व्यवस्थाबारे अद्यावधिक जानकारी लिइएको थियो। सचिव राजकुमार श्रेष्ठको अध्यक्षतामा आयोजित बैठकमा मन्त्रालयका उच्च अधिकारी र सबै...

चुनावअघिको अन्तिम कारोबार नेप्से ३८ अंकले उकालो, ६ अर्बभन्दा बढीको कारोबार

काठमाडौं । साताको तेस्रो दिन मंगलबार, प्रतिनिधिसभा निर्वाचनअघिको अन्तिम कारोबारको दिन शेयर बजार हरियालीमा बन्द भएको छ। पछिल्लो केही दिनयता निरन्तर सुधार देखिएको बजारमा आज पनि उत्साहजनक कारोबार देखियो। आज आँखु खोला जलविद्युत् कम्पनीको सर्वाधिक कारोबार भएको छ। कम्पनीको ३४ करोड ६५ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको हो।...

रास्वपा उम्मेदवार किशोरी शाहको उम्मेदवारी खारेज

काठमाडौँ । धनुषा १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रत्यक्ष उम्मेदवार किशोरी शाहको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरेको छ। उनलाई बैंक तथा वित्तीय संस्थाको कालोसूचीमा रहेको आरोप लागेकाले उम्मेदवारी खारेज गरिएको हो। कर्जा सूचना केन्द्रको अद्यावधिक विवरण अनुसार किशोरी शाह कमल निर्माण सेवा प्रालिका शेयरधनी भएकी थिइन् र...

निरन्तर बढ्दै सुनको मूल्य, आज प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा निरन्तर सुनको मूल्य उकालो लागि रहेको छ । सुन आज तोलामा दुई हजार ५०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख २८ हजार ६०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । यता, चाँदीको मूल्य तोलामा २०५ रुपैयाँले घटेर प्रतितोला छ...

काठमाडौंका दुई स्थानमा सवारीसाधनमा आगजनी

काठमाडौंको महाराजगञ्ज र नैकापमा दुई वटा सवारीसाधनमा आगजनी गरिएको अवस्थामा फेला परेका छन्। महाराजगञ्जमा बा ७ च १४०१ नम्बरको मारुती भ्यान र नैकापमा बीएए २८३६ नम्बरको टोयोटा कारलाई अज्ञात समूहले जलाएको हो। ती घटनास्थलहरूमा मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको समूहको पर्चा छरिएको भेटिएकाले यो घटना निर्वाचन बिथोल्ने योजनाबद्ध प्रयास...