श्रम संस्कृति पार्टीद्वारा प्रतिनिधिसभामा प्रदर्शन

तु खबर संवाददाता
२०८३ जेष्ठ ४, सोमबार १२:५७
तस्बिरः प्रतिनिधिसभा नेपाल

श्रम संस्कृति पार्टीका सांसदहरुले प्रतिनिधिसभामा विरोध प्रदर्शन गरेका छन् । प्रतिनिधिसभा बैठक सभामुख डोलप्रसाद अर्यालले सुरु भएको घोषणा गरेपछि श्रम संस्कृति पार्टीका सांसदहरुले आफ्नो स्थानबाट उठेर विरोध प्रदर्शन गरेका हुन् ।

प्रधानमन्त्री जवाफदेही बनेको खोई भनेर लेखिएको पर्चा बोकेर उनीहरुले प्रतिनिधिसभामा विरोध प्रदर्शन गरेका हुन् ।  वैठक प्रारम्भ हुनासाथ सो पार्टीका अध्यक्ष हर्क साम्पाङ सभामुखको अगाडि प्ले कार्ड बोकेर पुगेका थिए । उनीसँगै अन्य सांसद पनि रोस्टम घेर्न पुगेका थिए ।

सरकारको नीति तथा कार्यक्रमपछि त्यसमा उठेका विषयहरुमाथि जवाफ दिन प्रधानमन्त्री बालेन्द्र शाह प्रतिनिधिसभामा नआएपछि त्यसको सवत्र विरोध भइरहेको छ । यसै सन्दर्भमा श्रम संस्कृति पार्टीले प्रतिनिधिसभामा प्रधानमन्त्रीको विरोध गरेको हो ।