समाचार

जेनजी आन्दोलन छानबिन आयोगको प्रतिवेदन आज सरकारलाई बुझाइँदै

काठमाडौं । भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनसँग सम्बन्धित घटनाको छानबिन गर्न गठन गरिएको जाँचबुझ आयोगले आज सरकारलाई प्रतिवेदन बुझाउने तयारी गरेको छ। पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा गठन गरिएको उक्त आयोगले आइतबार बिहान ११ बजे सरकारलाई प्रतिवेदन बुझाउने समय तय भएको प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयले जनाएको छ।...

मकवानपुको दुबै क्षेत्रमा रास्वपाका उम्मेदवार विजयी

मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का उम्मेदवार प्रशान्त उप्रेती विजयी भएका छन्। उनले नेकपा एमालेका उम्मेदवार महेशकुमार बर्तौलालाई १२ हजार १०१ मतान्तरले पराजित गरेका हुन्। निर्वाचन अधिकृतको कार्यालयका अनुसार, उप्रेतीले ३१ हजार ७२५ मत प्राप्त गरे भने बर्तौलाले १९ हजार ६२४ मत पाए। नेपाली कांग्रेसका...

चितवन २ बाट रवि लामिछाने प्रतिनिधिसभा सदस्यमा विजयी

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन् ।उनी ५४ हजार ४०२ मत ल्याएर विजयी भएका हुन् । लामिछाने ३९ हजार ४६८ मतान्तरले सहित विजयी भएका हुन् । यस पटक निर्वाचित भएसँगै उनी तेस्रो पटक संसदमा पुगेका हुन् । उनको निकटतम्...

प्रचण्ड रुकुम पूर्वबाट प्रतिनिधिसभा सदस्य निर्वाचित

पूर्वप्रधानमन्त्री एवम् नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड रुकुम पूर्वबाट निर्वाचित भएका छन् । उनी १० हजार २४० मतसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका लीलामणि गौतमले ३ हजार ४६२ मत पाएका छन् । नेपाली कांग्रेसकी उम्मेदवार कुसुमदेवी थापाले ३ हजार ८१ मत...

कांग्रेस सभापति गगन थापा अमरेश सिंहसँग पराजित

नेपाली कांग्रेसका सभापति गगन थापा प्रतिनिधिसभाको निर्वाचनमा पराजीत भएका छन् । सर्लाही क्षेत्र नम्बर ४ बाट उम्मेदवार भएका थापा रास्वपाका अमरेशकुमार सिंहसँग पराजित भएका हुन् । अमरेशले ३५ हजार ६८८ मतले ल्याउँदा गगनले २२ हजार ८३१ मत प्राप्त गरेका छन् । कांग्रेसको दोस्रो महाधिवेशनबाट सभापतिमा निर्वाचित भएका उनलाई कांग्रेसले...

ओलीलाई भारी मतले हराउँदै बालेन निर्वाचित

प्रतिनिधिसभा निर्वाचनमा झापा क्षेत्र नम्बर ५ बाट पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई हराउँदै रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाह निर्वाचित भएका छन् । शाहले उनले ६८ हजार ३४८ मत प्राप्त गरेका हुने भने निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले १८ हजार ७३४...

अमेरिकाको मिसिगनमा टोर्नाडो, ८ जनाको मृत्यु

न्युयोर्क। संयुक्त राज्य अमेरिकाको मध्य(पश्चिमी राज्य मिसिगनमा शनिबार आएको शक्तिशाली टोर्नाडोले ठूलो जनधनको क्षति पुर्‍याएको छ। दक्षिण(पश्चिमी मिसिगनका कैयौँ काउन्टीहरूलाई प्रत्यक्ष असर पारेको यस विनाशकारी चक्रवातका कारण हालसम्म कम्तीमा ८ जनाको मृत्यु भएको पुष्टि भएको छ भने दर्जनौँ घाइते भएका छन्। प्रत्यक्षदर्शी र स्थानीय सञ्चारमाध्यमहरूले सार्वजनिक गरेका भिडियो फुटेजहरूमा...

जेनजी आन्दोलनको जाँचबुझ प्रतिवेदन सरकारलाई बुझाउने तयारी

काठमाडौं । भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनको जाँचबुझ गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा गठित आयोगले प्रतिवेदनलाई अन्तिम रूप दिएको छ । जाँचबुझ आयोगले प्रतिवेदनको रुजु गर्ने कार्य गइरहेकाले भोलिसम्म सरकारलाई प्रतिवेदन बुझाउने तयारी गरेको जानकारी दिएको छ । जेन जी आन्दोलनसँग सम्बन्धित प्रतिवेदन निर्वाचन अगाडि नै...

अछाम-१ मा भीम रावल पराजित, कांग्रेसका भरतबहादुर स्वाँर विजयी

प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत अछाम निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कम्युनिस्ट पार्टीका नेता भीमबहादुर रावल पराजित भएका छन्। उनी नेपाली कांग्रेसका उम्मेदवार भरतबहादुर स्वाँरसँग ५२६ मतले पराजित भएका हुन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार स्वाँरले १० हजार ७५९ मत प्राप्त गर्दै विजयी भएका छन्। उनका निकटतम प्रतिस्पर्धी...

रुपन्देही–२ मा रास्वपाका सुलभ खरेलको ऐतिहासिक जित

लामो समयदेखि नेकपा एमालेको बलियो आधार क्षेत्र मानिँदै आएको रुपन्देही निर्वाचन क्षेत्र नम्बर-२ मा यसपटकको प्रतिनिधिसभा निर्वाचनले पुरानो राजनीतिक समीकरण उल्ट्याएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा उम्मेदवार सुलभ खरेल भारी मतान्तरसहित विजयी भएका छन्। निर्वाचन अधिकृतको कार्यालयका अनुसार खरेलले ५६ हजार ५५० मत प्राप्त गर्दै निर्वाचित भएका...