समाचार

प्रधानमन्त्रीले जथाभावी गरे सदन र सडक तताउँछुः हर्क साम्पाङ

काठमाडौं । सुनसरी क्षेत्र नम्बर १ बाट निर्वाचित श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्रीले जथाभावी गरेमा सदन र सडक दुबै तताउने चेतावनी दिएका छन्। उनले सामाजिक सञ्जाल फेसबूकमा आइतबार बिहान भावी प्रधानमन्त्री बालेन शाहलाई लक्षित एक पोष्ट गर्दै यस्तो चेतावनी दिएका हुन्। उनले लेखेका छन्, “प्रधानमन्त्रीले जे पायो...

रास्वपा सचिवालय बैठक आज, समानुपातिक सांसद सिफारिस गर्ने तयारी

काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज आइतबार बिहान १० बजे बस्ने भएको छ। यसअघि शनिबारका लागि तय गरिएको बैठक पार्टी सभापति रवि लामिछाने अस्वस्थ भएपछि आजका लागि सारिएको थियो। पार्टी प्रवक्ता मनिष झाले जारी गरेको सूचनाअनुसार बैठक सभापतिको निर्देशनमा पार्टी कार्यालय वनस्थलीमा बस्नेछ। प्रवक्ता झाका...

राहदानी विभागको नयाँ प्रणाली, १–३ सातासम्म सेवा प्रभावित हुने सम्भावना

काठमाडौं । परराष्ट्र मन्त्रालय अन्तर्गतको राहदानी विभागले नयाँ प्रणाली कार्यान्वयनका कारण राहदानी वितरण सेवा अस्थायी रूपमा अवरुद्ध हुन सक्ने जनाएको छ। विभागका अनुसार प्रणाली परिवर्तनका क्रममा एकदेखि तीन सातासम्म सेवा प्रभावित हुन सक्नेछ। विभागले जारी गरेको सूचनाअनुसार अन्तरिम अवधिमा प्रणाली पूर्ण रूपमा स्थिर नभएसम्म जिल्ला तथा इलाका प्रशासन कार्यालय...

एमाले अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको निधन

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक परेको छ। उनका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा शुक्रबार बिहान निधन भएको हो। अध्यक्ष ओलीको सचिवालयका अनुसार मोहनप्रसाद ओलीको बिहान करिब ३ बजे भक्तपुरको गठ्ठाघरस्थित नेपाल-कोरिया मैत्री नगर अस्पतालमा निधन भएको हो। केही दिनदेखि अस्वस्थ रहेका उनलाई...

लैंगिक समानता शक्तिको प्रश्न हो: महासचिव गुटेर्रेस

संयुक्त राष्ट्रसंघ, न्युयोर्क । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेर्रेसले विश्वभर व्याप्त पितृसत्तात्मक सोच र महिला अधिकार विरुद्ध भइरहेका संगठित प्रयासहरू प्रति गहिरो चिन्ता व्यक्त गरेका छन्। न्युयोर्कमा आयोजित नागरिक समाजसँगको ‘टाउन हल’ बैठकलाई सम्बोधन गर्दै उनले वर्तमान समयमा महिला अधिकारमाथि प्रहार गर्न भ्रामक सूचना र सांस्कृतिक युद्धलाई हतियार...

आधा सिलिन्डर मात्र ग्यास बिक्री गर्ने नेपाल आयल निगमको निर्णय

काठमाडौं — नेपाल आयल निगम ले भोलि शुक्रबारदेखि बजारमा खाना पकाउने एलपी ग्यास आधा सिलिन्डर मात्र वितरण गर्ने निर्णय गरेको छ। निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्ट का अनुसार अब उपभोक्ताले ७.१ केजी तौल भएको आधा सिलिन्डर ग्यास मात्र किन्न पाउनेछन्। उक्त परिमाणको ग्यासको मूल्य ९५५ रुपैयाँ तोकिएको छ,...

पराजय स्वीकार्दै ओलीले भने जनताको फैसला नै अन्तिम फैसला

काठमाडौं : फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापा क्षेत्र नम्बर ५ बाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पराजित भएका छन्। उनी रास्वपाका वरिष्ठ नेता तथा प्रस्तावित प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सँग ठूलो मतान्तरले पराजित भएका हुन्। पराजयपछि ओलीले फागुन २३ गते सामाजिक सञ्जाल फेसबुकमार्फत बालेनलाई बधाई...

देशका अधिकांश स्थानमा आज बादल, केही ठाउँमा वर्षा

काठमाडौं । आज देशका अधिकांश स्थानमा साधारणतया देखि आंशिक बदली रहने मौसमको पूर्वानुमान गरिएको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपात हुने सम्भावना पनि रहेको छ। महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय...

प्रणालीगत विभेद अन्त्य गर्न समावेशी नीति आवश्यक छः राजदूत थापा

संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि तथा आर्थिक र सामाजिक परिषद् इकोसकका अध्यक्ष लोकबहादुर थापाले दलित र आदिवासी जनजाति महिलाहरूले भोग्दै आएको प्रणालीगत विभेद र अन्यायलाई सम्बोधन गर्न समावेशी नीतिहरूको निर्माण र प्रभावकारी कार्यान्वयन अपरिहार्य रहेको बताएका छन् । महिलाको स्थिति सम्बन्धी संयुक्त राष्ट्रसंघीय आयोगको ७०औँ सत्रको अवसरमा न्यूयोर्कस्थित...

नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघले मनाउने भयो ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

गिरिजा अधिकारी संयुक्त राष्ट्रसंघ मुख्यालय, न्युयोर्क । नेपालको प्रस्ताव र कूटनीतिक सक्रियतामा संयुक्त राष्ट्र संघले एक ऐतिहासिक निर्णय गर्दै अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ घोषणा गरेको छ । संयुक्त राष्ट्र संघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाले मार्च १० मा महासभाको ८०औँ सत्रमा यस सम्बन्धी प्रस्ताव पेश गरेका...