समाचार

निर्वाचनमा पराजयपछि कांग्रेस सभापति गगन थापाको राजीनामा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापा ले प्रतिनिधिसभा निर्वाचनमा अप्रत्याशित पराजयपछि नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिएका छन्। उनले उपसभापति विश्वप्रकाश शर्मा लाई राजीनामा बुझाएका हुन्, तर उक्त पत्र अझै सार्वजनिक गरिएको छैन। पार्टीले चैत ६ गतेका लागि केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ। सो बैठकमा थापाको राजीनामाबारे...

प्रधानमन्त्री र राष्ट्रियसभाका अध्यक्षबीच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले भेटवार्ता गरेका छन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार भएको भेटमा निर्वाचनपछि समीक्षा, संसद् सञ्चालनलगायत विषयमा कुराकानी भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलले जानकारी दिए। भेटमा अध्यक्ष दाहालले कठिन र चुनौतीपूर्ण परिस्थितिमा प्रतिनिधि सभा सदस्य निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गरेकोमा प्रधानमन्त्री...

प्रचण्डद्वारा प्रधानमन्त्री कार्कीको प्रशंसा, निर्वाचन ऐतिहासिक भएको टिप्पणी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री सुशीला कार्की को नेतृत्वको प्रशंसा गरेका छन्। बुधबार बिहान प्रचण्डसहित पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ र वर्षमान पुन लगायतका नेताहरू प्रधानमन्त्रीको निमन्त्रणामा बालुवाटार पुगेका थिए। भेटमा प्रतिनिधि सभा निर्वाचन तथा समसामयिक राजनीतिक विषयमा छलफल भएको थियो।...

निर्वाचन शान्तिपूर्ण भएपछि प्रधानमन्त्रीले गरिन् पशुपतिनाथमा पूजा

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज पशुपतिनाथको दर्शन गरी रुद्राभिषेक पूजा गरेकी छन्। प्रधानमन्त्री कार्कीले निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएपछि आराध्यदेव पशुपतिनाथलाई धन्यवादस्वरुप पूजा गरेको उनको सचिवालयले जनाएको छ। मुलुकलाई शान्ति तथा स्थायित्वको मार्गमा अग्रसर गराउन सबैतर्फबाट साथ र सहयोग प्राप्त भएकोमा आफू कृतज्ञ रहेको भन्दै उनले आगामी दिनमा...

सरकारको सार्वजनिक ऋण २९ खर्ब नजिक

काठमाडौं । विकास निर्माणकालागि स्रोत अभाव भए पछि सरकारले आन्तरिक र बाह्य ऋण लिँदा सार्वजनिक ऋणको बोझ बढ्दै गएको छ । राजस्व संकलन न्यून हुँदा सरकारले ऋण बढाउँदै लैजाँदा सार्वजनिक ऋणको भार करिब पौने २९ खर्ब रुपैयाँ पुगेको छ । आठ महिनाको अवधिमा ऋण करिब दुई खर्बले बढेको छ...

नेप्से २६ अंकले घट्दा ११ अर्बभन्दा बढीको कारोबार

काठमाडौं । साता कारोबारको दोस्रो दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २६.०७ अंकले घटेर २७९८.८३ विन्दुमा झरेको छ। आज कुल ११ अर्ब ९७ करोड ४६ लाख ९६ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। बजार घटेसँगै लगानीकर्तामा उत्साह कम देखिएको छ। आज नेप्सेमा उत्पादन तथा प्रशोधन समूहको उपसूचक...

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै माईतीघरमा प्रदर्शन

काठमाडौं । गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ प्रदर्शनसम्बन्धी घटनाको छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौंको माईतीघर मण्डलामा शान्तिपूर्ण प्रदर्शन गरिएको छ। सोमबार युवाहरूको एक समूहले माईतीघर मण्डलामा भेला भएर आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै विरोध प्रदर्शन गरेका...

शेयर बजारमा लगानी गर्दा सजग हुन सेबोनको आग्रह

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले शेयर बजारमा लगानी गर्दा देशको समग्र आर्थिक तथा राजनीतिक अवस्थालाई ध्यानमा राख्न लगानीकर्तालाई आग्रह गरेको छ। ग्लोबल मनी वीक २०२६ को अवसरमा युवा तथा सर्वसाधारण लगानीकर्तालाई सन्देश जारी गर्दै बोर्डले धितोपत्र बजारमा प्रवेश गर्दा सजग, सूचनामूलक र विवेकपूर्ण निर्णय लिनुपर्ने आवश्यकता औंल्याएको...

राजस्व अनुसन्धानका पूर्व महानिर्देशकविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व चुहावट सम्बन्धी अनुसन्धानमा सहजीकरण गरिदिने भन्दै घुस लिई भ्रष्टाचार गरेको आरोपमा राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर गरेको छ। आयोगका अनुसार राजस्व अनुसन्धान विभागमा रहेको राजस्व चुहावट सम्बन्धी छानबिन तथा कसुरजन्य कार्यमा सहजीकरण गरिदिने भन्दै प्रतिवादीहरूले घुस...

नेपाली कांग्रेसको कार्यसम्पादन समिति बैठक सुरु, समानुपातिक सांसद चयन मुख्य एजेन्डा

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक प्रतिनिधिसभा निर्वाचनपछि पहिलो पटक सुरु भएको छ। बैठक ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा दिउँसो करिब २ बजेबाट सुरु भएको हो। खराब मौसमका कारण बैठक तय गरिएको समयभन्दा करिब एक घण्टा ढिला गरी सुरु भएको बताइएको छ। बैठकको मुख्य एजेन्डा...