समाचार
बालेनलाई संसदीय दलको नेता बनाउने रास्वपाको निर्णय
काठमाडौं । वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको नेता बनाउने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलले सर्वसम्मत निर्णय गरको छ । केन्द्रीय कार्यालय बनस्थलीमा बिहीबार बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले बालेनलाई दलको नेता बनाउने निर्णय गरेका हो । प्रतिनिधिसभाको निर्वाचन अघि शाहलाई प्रधानमन्त्री बनाउने घोषणा...
जाँचबुझ आयोगको प्रतिवेदनप्रति नेपाल बारको असहमति
काठमाडौँ । नेपाल बार एसोसिएसनले भदौ २३ र २४ का घटनासम्बन्धी जाँचबुझ आयोग, २०८२ को प्रतिवेदनप्रति असहमति जनाएको छ। प्रतिवेदनले आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गई न्यायालयसम्बन्धी विषय आपत्तिजनक ढंगले उल्लेख गरेको भन्दै बारले आपत्ति जनाएको हो। यस विषयमा छलफल गर्न बारले आज दिउँसो १ः३० बजे सल्लाहकार समितिको बैठक बोलाएको जनाएको...
प्रतिनिधिसभा सदस्यले आज लिँदैछन् पद तथा गोपनीयताको शपथ
काठमाडौं । फागुन २१ गते सम्पन्न भएको प्रतिनिधि सभा सदस्यको निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले आज पद तथा गोपनीयताको शपथ लिंदैछन्। शपथ ग्रहण दिउँसो २ बजे गरिने तय भएको छ। संघीय संसद सचिवालयले सांसदहरूले प्रमाणपत्र, नागरिकताको प्रतिलिपि र हालसालै खिचिएको दुई प्रति पासपोर्ट साइजको फोटो सहित २ घण्टा अगावै बोलाएको...
नेपाली कांग्रेसको १५औँ महाधिवेशन असोज १६–१८ मा, कार्यतालिका संशोधन
काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशन आगामी असोज १६, १७ र १८ गते आयोजना गर्ने निर्णय गरेको छ। बुधबार बसेको केन्द्रीय कार्यसमिति बैठकले यसअघि प्रस्तावित कार्यतालिकालाई संशोधन गर्दै नयाँ मिति तय गरेको हो। मंगलबारको बैठकमा सभापति गगन थापाले भदौ २४–२६ गतेका लागि महाधिवेशन गर्ने प्रस्ताव पेश गरेका थिए। तर...
जेनजी आन्दोलनमा दमनबारे आयोगको निष्कर्ष,उच्च अधिकारीमाथि कारबाही सिफारिस
काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएको दमन र मानवअधिकार उल्लंघनबारे छानबिन गर्न गठित आयोगले तत्कालीन प्रधानमन्त्रीदेखि सुरक्षा निकायका उच्च अधिकारीहरूसम्मलाई दोषी ठहर गर्दै कारबाहीका लागि सिफारिस गरेको छ। आयोगले विशेषगरी तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई ‘फौजदारी लापरवाही’ गरेको तथा जिम्मेवारीबाट पन्छिएको ठहर गरेको छ। प्रतिवेदनअनुसार...
जेनजी आन्दोलनका क्रममा भेटिएको पैसाबारे छानबिन हुनुपर्छ : गगन थापा
काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले जेनजी आन्दोलनका क्रममा नेताहरूका घरमा भेटिएको पैसाबारे कानुनसम्मत अनुसन्धान हुनुपर्ने बताएका छन्। पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको केन्द्रीय कार्यसमिति बैठकमा धारणा राख्दै थापाले भदौ २४ गते नेताका घरमा भेटिएको पैसाको निष्पक्ष छानबिन गरी स्पष्ट निष्कर्षमा पुग्नुपर्ने बताए। उनले यस्तो विषयलाई सार्वजनिक खपतका...
दोधारमा कार्की सरकार: जेनजी प्रतिवेदन कहिले सार्वजनिक होला?
काठमाडौं । सरकारले जेनजी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने तयारी गरेको छ। प्रतिवेदन गोप्य राखिएको भन्दै सर्वत्र प्रश्न उठिरहेका बेला यसलाई सार्वजनिक गर्नेबारे आन्तरिक छलफल तीव्र बनाइएको हो।उच्च सरकारी स्रोतका अनुसार प्रधानमन्त्री सुशीला कार्की प्रतिवेदन सार्वजनिक गर्नुअघि केही वरिष्ठ मन्त्रीहरूसँग परामर्शमा छिन्। सो छलफलपछि प्रतिवेदन सार्वजनिक गर्ने मिति...
बालेनलाई प्रधानमन्त्री चयन गर्न रास्वपाले चैत १२ गते बोलायो बैठक
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बालेन्द शाह (बालेन) लाई संसदीय दलको नेता अर्थात् प्रधानमन्त्री चयन गर्न केन्द्रीय समितिको बैठक बोलाएको छ। बैठक चैत १२ गते दिउँसो ४ बजे बस्ने गरी बोलाइएको हो। संविधानको धारा ७६ को उपधारा १ बमोजिम प्रतिनिधि सभा सदस्यको निर्वाचनमा बहुमत प्राप्त दलको संसदीय...
शेयर बजारमा हरियाली,स्थिर सरकारको अपेक्षाले सकारात्मक प्रभाव
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज पनि सामान्य सुधार देखिएको छ। बजार लगातार चौथो दिन हरियालीमा बन्द हुँदा लगानीकर्तामा उत्साह बढेको छ। आजको कारोबारमा कुमारी विकास बैंक को सर्वाधिक कारोबार भएको छ। त्यस्तै शिवम् सिमेन्टस, नेशनल हाईड्रोपावर, एनआरएन इन्फ्रास्टक्चर, नाग्दी पावर, आँखु खोला जलविद्युत्, साल्पा विकास बैंक, युनियन हाईड्रोपावर,...
कालोपुलमा सुनचाँदी चोरी गर्ने दुई जना पक्राउ
काठमाडौं । काठमाडौं महानगरपालिका–५, कालोपुलमा डेरा गरी बस्ने एक व्यक्तिको कोठाबाट सुनचाँदी लगायतका धनमाल चोरी गरेको आरोपमा प्रहरीले शनिबार राति दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा बुढानिलकण्ठ नगरपालिका–२ घर भएका २३ वर्षीय उपेन्द्र खत्री र कैलालीको गौरीगंगा नगरपालिका–२ घर भएका २६ वर्षीय निरज सापकोटा रहेका छन्। गत चैत...










