समाचार
मानव अधिकारलाई प्राथमिकता दिन सरकारलाई आयोगको पत्राचार
राष्ट्रिय मानव अधिकार आयोगले नेपाल सरकारले प्राथमिकता दिनुपर्ने मानव अधिकारका विषयहरू सरकार समक्ष पेश गरेको छ। नेपालको संविधान, अन्य प्रचलित कानून र नेपालले अनुमोदन गरेका अन्तर्राष्ट्रिय सन्धि महासन्धिले सुनिश्चित गरेका मानव अधिकार सम्बन्धी दायित्वको कार्यान्वयनमा वर्तमान सरकारले दिनु पर्ने प्राथमिकताका विषयहरू उल्लेख गरी पत्राचार गरिएको हो। आयोगद्वारा प्रेषित पत्रमा...
केही समयदेखि शेयर बजार सीमित समूहको कब्जामा छः अर्थमन्त्री वाग्ले
काठमाडौं । अर्थमन्त्री डा।स्वर्णिम वाग्लेले केही समयदेखि शेयर बजार समिति समूहको कब्जामा रहेको बताएका छन् । सीमित समूहले पुँजी बजारमा हेरफेर, इन्साइडर ट्रेडिङ तथा जनताको १५–१६ अर्ब रुपैयाँ दुरुपयोग गरेर अकुत सम्पत्ति आर्जन गरेको आरोप लगाउँदै आर्थिक र राजनीतिक संस्थामाथि समेत प्रभाव जमाउने प्रयास भएको बताए । मंगलवार अर्थ...
आगामी बजेटको सिद्धान्त तथा प्राथमिकता बिहिबार पेश हुने
काठमाडौं। बिहीबार बस्ने संसद बैठकमा आगामी बजेटको सिद्धान्त तथा प्राथमिकता पेश हुने भएको छ । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले आज अर्थ समितिमा यसबारे जानकारी गराएका हुन् । उनले सो सिद्धान्त तथा प्राथमिकतामा सांसदहरुले दिने सुझावलाई अर्थ मन्त्रालयले बजेटमा समावेश गर्ने समेत जानकारी दिए ।
ट्रेड युनियन खारेज नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश
सरकारले अध्यादेशमार्फत् कर्मचारी ट्रेड युनियन खारेज गर्ने गरी ल्याएको कानुन सर्वोच्च अदालतको संवैधानिक इजलासले तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल, न्यायाधीशहरू कुमार रेग्मी र हरिप्रसाद फुयाल समेत सम्मिलित इजलासले बहुमतको आधारमा ‘केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ को दफा १०...
दलीय गतिविधिमा लाग्ने सरकारी कर्मचारीलाई बर्खास्त गरिने
निजामती तथा अन्य सरकारी कर्मचारी राजनीतिक दल तथा राजनीतिक गतिविधिमा लागेमा सेवाबाटै बर्खास्त गरिने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आवको लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन्। निजामती तथा अन्य सरकारी सेवालाई तटस्थ, निष्पक्ष, उत्तरदायी एवं व्यवसायिक संस्थाको रूपमा विकास गरी सेवा प्रवाह र सुशासन प्रवर्द्धन...
यस्तो छ सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)
राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेका छन् ।सङ्घीय संसद् भवनमा बसेको प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा उनले नीति तथा कार्यक्रम वाचन गरेका हुन् । राष्ट्रपति पौडेललाई प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले नीति तथा कार्यक्रमको सम्बोधनको प्रति...
दोहोरो सुविधाका नाममा प्रयोगमा आईरहेका ७०१ वटा गाडी फिर्ता
काठमाडौं । सरकारले दोहोरो सुविधाका नाममा प्रयोगमा आईरहेका ७०१ वटा गाडी फिर्ता ल्याएको छ।विभिन्न राजनीतिकर्मी र पूर्वप्रशासक समेतले प्रयोग गरिरहेका ७०१ वटा गाडी फिर्ता ल्याएको हो । प्रधानमन्त्री बालेन शाहका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालका अनुसार शुक्रबारसम्म प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले ७०१ वटा सुविधाका गाडी फिर्ता ल्याएको हो। उनका...
ठेक्का समयमा सम्पन्न नगरेको कसुरमा दुई निर्माण व्यवसायी पक्राउ
काठमाडौं । निर्माण व्यवसायी रमेश शर्मा र पीताम्बर बडुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शर्मा एन्ड कम्पनीका सञ्चालक रमेश शर्मा र लामा कन्स्ट्रक्सनका पीताम्बर बडुलाई प्रहरीले नियन्त्रणमा लिएर सहरी विकास मन्त्रालयमा उपस्थित गराएको हो । मन्त्रालयको पत्रको आधारमा उनीहरूलाई नियन्त्रणमा लिएर उपस्थित गराइएको प्रहरीले जनाएको छ । आफूले लिएको...
पटक–पटक ट्राफिक नियम उल्लङ्घन गर्ने ३१ जनाको लाइसेन्स निलम्बन
काठमाडौँ । उपत्यका ट्राफिक प्रहरीले पटक–पटक ट्राफिक नियम उल्लङ्घन गर्ने ३१ जना सवारी चालकको लाइसेन्स निलम्बनका लागि यातायात व्यवस्था कार्यालयमा पत्राचार गरेको छ । आइतबार आयोजित पत्रकार सम्मेलनमा उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी नवराज अधिकारीले एउटै प्रकृतिको कसुरमा पाँच पटकभन्दा बढी कारबाहीमा परिसकेका चालकहरूको लाइसेन्स निलम्बनका लागि प्रक्रिया...
वैशाखभित्रै एसईई नतिजा सार्वजनिक गर्ने तयारी, यी माध्यमबाट हेर्न सकिन्छ
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को नतिजा यही वैशाख महीनाभित्र सार्वजनिक गर्ने परीक्षा नियन्त्रण कार्यालयले तयारी गरेको छ। नतिजा सार्वजनिक गर्ने तयारी गरेसँगै कार्यालयले विभिन्न संस्थाहरूलाई नतिजासम्बन्धी विवरण प्रकाशित गर्न स्वीकृति दिएको छ। नेपाल टेलिकमले एसएमएस/यूएसएसडी र आईभीआर मार्फत र जानकी टेक्नोलोजि प्रा.लि र एम्बिसन गुरु प्रा.लि...









