पेट्रोलियम विक्रेता सङ्घको अध्यक्षमा इटेनी निर्विरोध निर्वाचित

तु खबर संवाददाता
२०८३ जेष्ठ १९, मंगलवार १८:२१

नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाको अध्यक्षमा उत्सव इटेनी निर्विरोध निर्वाचित भएका छन् । हेटौँडामा सम्पन्न १४ औँ वार्षिक साधारणसभा तथा अधिवेशनले इटेनीलाई पुनः अध्यक्षमा निर्वाचित गरेको हो ।

सङ्घको वरिष्ठ उपाध्यक्षमा ठाकुर भट्टराइ, उपाध्यक्षमा दीपेन्द्र बर्तौला, सचिवमा विष्णुहरि पण्डित, सहसचविमा उत्तम खड्का र कोषाध्यक्षमा रामजी कोइराला निर्वाचित भएका छन् ।

साथै सङ्घको कार्यसमिति सदस्यहरुमा रामेश्वर श्रेष्ठ, अभिषेक बर्तौला, राजु बिडारी, मनोजकुमार शाह निर्वाचित हुनुभएको छ भने पदेन सदस्यमा किशोर शर्मा कंडेल रहेका छन् ।

यस अघि साधारसभाको उद्घाटन गर्दै नेपाल पेट्रोलिय डिलर्स राष्ट्रिय एसोसियसनका अध्यक्ष लिलेन्द्रप्रसाद प्रधानले पेट्रोल पम्प २४ सैं घण्टा खुल्नुपर्ने व्यवस्था भएसँगै निगमका डिपोहरुपनि नियमित हुनुपर्ने बताए ।

नेपाल आयल निगम मधेश प्रादेशिक कार्यालय, अमलेखगञ्जका कार्यालय प्रमुख अशोक शाहले निगममा निगमले चुनौतीका बिच पेट्रोलियम पदार्थको बिक्री व्यवस्थालाई सुनिश्चित गरेको जानकारी दिए ।

पेट्रोलिय डिलर्स राष्ट्रिय एसोसियसनका महासचिव विश्वप्रसाद अर्यालले पेट्रोलियम पदार्थको अहिले आपूर्तिमा समस्या नभएको भन्दै लगानी र जोखिमको आधारमा मुनाफा पाउनुपर्ने बताए।