लिपुलेक लिम्पियाधुराबारे हामीले कूटनीतिक नोट पठाएका छौँः प्रधानमन्त्री

तु खबर संवाददाता
२०८३ जेष्ठ १७, आईतवार १४:५७

काठमाडौँ ।प्रधानमन्त्री बालेन्द्र शाहले लिपुलेकमा चीन र भारतले खोलेको व्यापारिक मार्गबारे सरकारले भारत र चीनलाई डिप्लोमेटिक नोट पठाएको जानकारी दिएका छन् । प्रतिनिधि सभामा सम्बोदन गर्दै उनले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री शाहले भने, ‘लिपुलेख र लिम्पियाधुरामा भारत र चीनले बनाएको व्यापारी मार्गको बारेमा डिप्लोमेटिक नोट पठाएको छ । जवाफ पनि आएको छ ।’

प्रधानमन्त्री शाहले दुवै पक्षका इतिहासविद् र कूटनीतिज्ञलाई राखेर समस्याको समाधान गर्ने कुरा भएको बताए । यो विषयमा इग्ल्याण्ड सरकारसँग पनि सरकारले चासो राखेको प्रधानमन्त्री शाहले बताए ।