समाचार
लुम्बिनी प्रदेश लोक सेवा आयोगले खुलायो भारी संख्यामा विज्ञापन
काठमाडौं । प्रदेश लोक सेवा आयोग लुम्बिनी प्रदेश, बुटवलले प्रदेश निजामती सेवा र स्थानीय निजामती सेवा अन्तर्गत सहायक स्तर चौथो तहका (अप्राविधिक/प्राविधिक) पदहरूमा ठूलो संख्यामा विज्ञापन खुलाएको छ। आयोगले प्रशासन सेवातर्फ प्रशासन सहायक/लेखा सहायक पदमा, आ. इन्जिनियरिङ सेवातर्फ खानेपानी तथा सरसफाइ टेक्निसियन, अमिन पदमा, इ.कृषि सेवातर्फ पशु स्वास्थ्य प्राविधिक...
बैतडीमा जन्ती बस दुर्घटनाः १३ जनाको मृत्यु, ३४ जना घाइते
काठमाडौं । सुदूरपश्चिम प्रदेशको बैतडीमा बिहीबार राति एउटा जन्ती बस दुर्घटना हुँदा १३ जना मानिसको मृत्यु भएको छ भने ३४ जना घाइते भएका छन्। आठ जनाको घटनास्थलमै मृत्यु भएको हो भने पाँच जनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। दुर्घटनामा परी ३४ जना...
जेनजी आन्दोलनका क्रममा सिंहदरबार आगजनी आरोपमा एक व्यक्ति पक्राउ
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा सिंहदरबार क्षेत्रमा आगजनी गराएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर, काठमाडौंले चितवनको खैरहनी नगरपालिका–९ स्थायी घर भई हाल काठमाडौंको अनामनगरमा बस्दै आएका ३६ वर्षीय महेन्द्र गौतमलाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार गौतमले आन्दोलनका क्रममा सिंहदरबारमा आगो लगाउन अरूलाई उक्साएको तथा...
उदयपुर सिमेन्ट देशको मेरुदण्ड, राज्यले संरक्षण गर्नैपर्छ: बालेन्द्र शाह
काठमाडौँ । झापा–५ बाट प्रतिनिधि सभाको निर्वाचनमा होमिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहले उदयपुर सिमेन्टलाई देशको मेरुदण्ड भएको बताएका छन्। उनले उदयपुर सिमेन्टको गेट देखिने गरी आफ्नो तस्बिर राख्दै उद्योगप्रति आफ्नो दृष्टिकोण व्यक्त गरेका हुन्। उनले उदयपुर सिमेन्ट जस्तो उद्योगलाई राज्यले संरक्षण तथा प्रबर्द्धन गर्नुपर्ने...
बाबुराम भट्टराईलाई पितृशोक, पिता भोजप्रसाद भट्टराईको ९७ वर्षमा निधन
काठमाडौं । पूर्व प्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का संरक्षक डा. बाबुराम भट्टराईलाई पितृशोक परेको छ। भट्टराईका पिता भोजप्रसाद भट्टराईको ९७ वर्षको उमेरमा बिहीबार बिहान निधन भएको हो। भट्टराईको सचिवालयका अनुसार भोजप्रसाद भट्टराईको आज बिहान ८:१५ बजे बाँसबारीस्थित न्युरो अस्पतालमा उपचारका क्रममा निधन भएको हो। केही दिनयता उनको...
कारोबार घट्दै जाँदा शेयर बजार सुस्त, केही कम्पनीमा सकारात्मक सर्किट
काठमाडौँ। मंगलबारपछि बुधबार पनि शेयर बजार झिनो अंकले ओरालो लागेको छ। पछिल्ला केही दिनयता बजार सुस्त गतिमा अघि बढिरहेको छ भने कारोबार रकमसमेत निरन्तर घट्दै गएको छ। नयाँ लगानी भित्रिनुको सट्टा लगानीकर्तामा ‘पर्ख र हेर’को प्रवृत्ति देखिँदा बजारको सक्रियता कमजोर बनेको विश्लेषकहरूले बताएका छन्। सूचक सामान्य रूपमा घटे पनि...
स्वास्थ्य बिमामा देखिएका समस्या समाधानका लागि प्रधानमन्त्री कार्कीको पहल
काठमाडौँ । स्वास्थ्य बिमा कार्यक्रममा देखिएका समस्या समाधानका लागि प्रधानमन्त्री सुशीला कार्कीले चासो देखाएकी छन् । यसैक्रममा प्रधानमन्त्री कार्कीले आज बुधबार स्वास्थ्य बिमासँग सम्बन्धित सबै सरोकारवाला पक्षसँग छलफल गर्ने भएकी छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा दिउँसो साढे १ बजे छलफल तय गरिएको छ ।...
विश्वव्यापी चुनौतीहरूको सामना गर्न जनमुखी नीति आवश्यक : इकोकस अध्यक्ष थापा
संयुक्त राष्ट्रसंघको आर्थिक तथा सामाजिक परिषद् इकोसकका अध्यक्ष लोक बहादुर थापाले सामाजिक विकास आयोगको ६४औँ सत्रलाई सम्बोधन गर्दै विश्वव्यापी चुनौतीहरूको सामना गर्न जनमुखी नीतिहरूको आवश्यकतामा जोड दिएका छन् । संयुक्त राष्ट्रसंघ मुख्यालय न्युयोर्कमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष थापाले हाल विश्व जलवायु परिवर्तन, भू-राजनीतिक तनाव, बढ्दो असमानता र डिजिटल रूपान्तरण...
कारोबार रकम घट्दै जाँदा शेयर बजारमा निराशा
काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात् मंगलबार शेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १२.५८ अंकले घटेर २६८३.१५ बिन्दुमा कायम भएको हो । आज कुल ३२२ कम्पनीको १ करोड ८७ लाख ३ हजार कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ६३ करोड १५ लाख...
प्रभु बैंकका सीईओ अशोक शेरचनको राजीनामा स्वीकृत
काठमाडौँ । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनको राजीनामा स्वीकृत भएको छ । बैंकको माघ १९ गते बसेको सञ्चालक समितिको बैठकले राजीनामा स्वीकृत गरेको हो । हाल बैंकको कामु सीईओको जिम्मेवारी बैंकका सहायक महाप्रबन्धक निरज लम्सालले सम्हालिरहेका छन् । गत मंसिर १४ गते बसेको सञ्चालक समितिको बैठकले...










