लगातार चार दिन बिदा, सार्वजनिक सेवा असहज
आज बकर इद र भोलि शुक्रबार गणतन्त्र दिवश परेपछि यो साता लगातार चार दिन सार्वजनिक विदा हुने भएको छ । गृह मन्त्रालयको निर्णय तथा सार्वजनिक बिदा सूची अनुसार, बिहिबारदेखि आइतबारसम्म देशभरका सबै सार्वजनिक निकायहरु बन्द हुने भएका हुन् ।
जेठ १४ गते इस्लाम धर्मावलम्बीहरूको महान् पर्व बकर इद (इद–उल–अज्हा), भोलि जेठ १५ गते गणतन्त्र दिवशमा सरकारले विदा दिइसकेको छ भने जे १६ गते शनिबार र जेठ १७ गते आइतबार नियमित विदा हुने भएपछि ७ दिनमा ३ दिनमात्रै सरकारी निकायहरु खुल्ने भएका हुन् ।
अब सर्वसाधारणले सोमबारमात्र सरकारी सेवा प्राप्त गर्नेछन् ।
