समाचार

मतगणनाको नतिजा:रास्वपाको व्यापक अग्रता,कांग्रेस र एमाले पछि

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को प्रारम्भिक मतगणनाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई स्पष्ट अग्रतामा देखाएको छ। सार्वजनिक भइरहेको पछिल्लो विवरणअनुसार प्रत्यक्षतर्फ रास्वपाले १०१ निर्वाचन क्षेत्रमा अग्रता लिएको छ भने १ सिट जित्दै कुल १०२ सिटमा उपस्थित देखिएको छ। त्यस्तै नेपाली कांग्रेस ११ सिटमा अग्रता र १ सिट जितसहित...

काठमाडौं-८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठ निर्वाचित

काठमाडौं। काठमाडौं ८ निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठ भारी मतान्तरसहित विजयी भएका छन्। उनी यसपटक २४ हजार ५९२ मत प्राप्त गर्दै क्षेत्रबाट निर्वाचित भएका हुन्। उनका मुख्य प्रतिस्पर्धी नेकपा उम्मेदवार सुमन सायमीले ३ हजार २१७ मत प्राप्त गरे। त्यसैगरी, कांग्रेसका सपना राजभण्डारीले २ हजार ८३५, राप्रपाका नवीन...

मुस्ताङबाट कांग्रेसका योगेश गौचन विजयी, एमालेका विष्ट पराजित

काठमाडौं । हिमालपारिको जिल्ला मुस्ताङबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली विजयी भएका छन्। यससँगै नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनमा आफ्नो पहिलो जित दर्ता गरेको छ। अन्तिम मतपरिणाम अनुसार गौचनले ३ हजार ३०७ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका इन्द्रधारा विष्टले १ हजार ८०६ मत...

प्रारम्भिक मतगणना उपत्यकामा रास्वपाको दबदबा, १५ मध्ये १४ क्षेत्रमा अग्रता

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रारम्भिक मतगणनामा काठमाडौं उपत्यकाका अधिकांश क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरूले अग्रता लिएका छन्। निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो मतपरिणामअनुसार उपत्यकाका १५ निर्वाचन क्षेत्रमध्ये १४ क्षेत्रमा रास्वपा उम्मेदवार अघि छन् भने एक क्षेत्रमा मात्रै नेपाली कांग्रेसले अग्रता बनाएको छ। काठमाडौं जिल्लाका १० वटै...

देशभर ६० प्रतिशत मतदान, मतपेटिका सङ्कलनपछि मतगणना सुरु हुने

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत देशभर करिब ६० प्रतिशत मतदान भएको प्रारम्भिक जानकारी आएको निर्वाचन आयोगले जनाएको छ। निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार बिहीबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म भएको मतदान समग्रमा शान्तिपूर्ण र उत्साहजनक रूपमा सम्पन्न भएको छ। बिहीबार साँझ आयोजित...

दोलखामा मतदानस्थलबाट ५६ बुक मतपत्र हरायो, विवादका कारण मतदान प्रभावित

काठमाडौं । दोलखाको तामाकोशी गाउँपालिका-४ स्थित गोल्मेश्वर माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रबाट ५६ बुक मतपत्र हराएको घटना सार्वजनिक भएको छ। प्रहरीका अनुसार हराएको मतपत्रको खोजी भइरहेको छ। बिहीबार बिहान प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदान सुरु भएलगत्तै मतदान केन्द्रमा खटिएका कर्मचारीमाथि एउटा समूहले हातपात गर्न खोजेपछि स्थिति तनावग्रस्त बनेको थियो।...

दिउँसो २ बजेसम्म ३३ प्रतिशत मतदान, देशभर ६२ लाखभन्दा बढी मत खस्यो

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत बिहीबार दिउँसो २ बजेसम्म देशभर ३३ प्रतिशत मतदान भएको छ। निर्वाचन आयोगका अनुसार बिहान ७ बजेदेखि सुरु भएको मतदानअन्तर्गत देशभरका १६५ निर्वाचन क्षेत्रमा दिउँसो २ बजेसम्म ६२ लाख २० हजार ४२ मत खसेका छन्। प्रदेशगत तथ्यांकअनुसार सबैभन्दा बढी मत कोसी प्रदेशमा खसेको छ। यहाँ ११...

भक्तपुरको बालकोटबाट केपी शर्मा ओलीले गरे मतदान

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत भक्तपुरको बालकोटस्थित महेन्द्र शान्ति विद्यालय मतदान केन्द्रबाट मतदान गरेका छन्। ओली पत्नी राधिका शाक्यसँगै दिउँसो १२ बजेपछि मतदान केन्द्र पुगेर मतदान गरेका हुन्। प्रतिनिधिसभा निर्वाचनमा ओली झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट उम्मेदवार रहेका छन्।...

बिहान १० बजेसम्म प्रतिनिधिसभा निर्वाचनमा करिब ६ प्रतिशत मतदान

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बिहान १० बजेसम्म देशभर करिब ६ प्रतिशत मतदान भएको छ। निर्वाचन आयोगका अनुसार सो अवधिसम्म १० लाख ६५ हजार १२० मत खसेको छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार बिहान ७ बजेदेखि सुरु भएको मतदान देशभरका सबै मतदान केन्द्रमा निर्वाध रूपमा जारी छ। निर्वाचन आयोगले...

निर्वाचनमा शीर्ष नेताहरूको मतदान, विभिन्न जिल्लाबाट मतदान गरे प्रमुख व्यक्तित्व

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा देशका विभिन्न स्थानमा प्रमुख राजनीतिक नेताहरू तथा उच्च पदस्थ व्यक्तित्वहरूले मतदान गरेका छन्। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी ले काठमाडौं-१ अन्तर्गत काठमाडौं महानगरपालिका-२९ नम्बर वडा कार्यालयमा रहेको मतदान केन्द्रबाट मतदान गरेका छन्।यसैगरी माधवकुमार नेपाल ले गौर नगरपालिका-२ मा रहेको रामजानकी कन्या आधारभूत...