प्रतिनिधिसभा बैठकमा पेश गरियो दुई वटा विधेयक

तु खबर संवाददाता
२०८३ जेष्ठ ६, बुधबार १६:१२

सरकारका तर्फबाट प्रतिनिधिसभामा दुई वटा विधयेक पेश गरिएको छ । आज बसेको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले दुई विधेयक पेश गरेकी हुन् ।

उनले प्रतिनिधिसभा निर्वाचन (पहिलो संशोधन) विधयेक, २०८३ र मतदाता नियमावली (पहिलो संशोधन) विधयेक पेश गरेकी हुन् ।

जनसंख्याको प्रतिशतका आधारमा दलित, आदिवासी जनजाति, खस आर्य, मधेशी, थारु तथा मुस्लिम जनसंख्याको आधारमा प्रतिशत कायम गर्न आवश्यक भएकोले विधेयक ल्याएको सरकारको भनाइ छ । ।

प्रतिनिधि सभाको अर्को बैठक जेठ ७ गते बिहीबार बिहान ११ बजे बस्नेगरी स्थगित गरिएको छ ।