समाचार

निर्वाचनको तयारीबारे गृहमन्त्री र प्रमुख निर्वाचन आयुक्तबीच भेटघाट

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीबीच र गृहमन्त्री ओमप्रकाश अर्यालबीच निर्वाचनको तयारीका सन्दर्भमा भेटघाट भएको छ । आयोगको कार्यालयमा भएको भेटमा आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनको तयारी र यसको सुरक्षा व्यवस्थाबारे छलफल भएको हो । निर्वाचनको समग्र सुरक्षा व्यवस्था, आचारसंहिताको पालना र यसको कार्यान्वयनका बिषयमा भेटमा छलफल भएको थियो ।...

उम्मेदवारबाट मतदाताले पैसा लिएमा ५० हजार जरिवाना र जेल सजाय हुने

काठमाडौं । निर्वाचन आयोगले मतदातालाई राजनीतिक दलका प्रतिनिधि वा उम्मेदवारबाट उपहार, पुरस्कार, नगद वा जिन्सी सामग्री लिन नपाइने चेतावनी दिएको छ। आयोगका अनुसार मतदानको अधिकार प्रयोग गरेबापत कुनै किसिमको बकस, इनाम वा सार्वजनिक भोजमा सहभागी हुनु पनि कानूनविपरीत हुनेछ। यस प्रकारका गतिविधिमा संलग्न मतदातालाई ५० हजार रुपैयाँ जरिवाना, ६...

चुनाव शान्तिपूर्ण र स्वच्छ बनाउन देशबासीलाई प्रधानमन्त्री कार्कीको आह्वान

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते हुने निर्वाचन शान्तिपूर्ण, स्वच्छ र ऐतिहासिक बनाउन देशबासीलाई आह्वान गरेकी छन्। सोमबार देशबासीको नाममा सम्बोधन गर्दै उनले चुनावको अवसरमा होलीको खुसी साट्ने प्रस्ताव राखिन्। प्रधानमन्त्री कार्कीले भनिन्, ‘आउनुहोस्, होलीको खुसी साटौं। फागुन २१ गतेको निर्वाचनलाई शान्तिपूर्ण, स्वच्छ र ऐतिहासिक बनाऔं।’ आफूले...

आज पहाडी क्षेत्रमा हर्षोल्लासका साथ होली पर्व मनाइँदै

काठमाडौं । आज फागुन १८ गते देशका पहाडी जिल्लाहरूमा रंगहरूको पर्व होली पर्व हर्षोल्लासपूर्वक मनाइँदै छ। हिन्दू धर्मावलम्बीहरूको महत्वपूर्ण चाडका रूपमा चिनिने होलीलाई विशेषगरी वसन्त ऋतुको आगमन र असत्यमाथि सत्यम्को विजयको प्रतीकका रूपमा लिइन्छ। धार्मिक मान्यताअनुसार होली पर्वको सन्दर्भ भगवद् पुराणमा उल्लेखित भक्त प्रह्लाद र हिरण्यकश्यपको कथासँग जोडिएको छ।...

चुनाव नजिकिँदै जाँदा बजारमा सकारात्मक संकेत, कारोबार ५ अर्ब नाघ्यो

काठमाडौँ । प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै गर्दा शेयर बजारमा निरन्तर हरियाली देखिएको छ । बजार लगातार पाँचौं कारोबार दिन पनि बढेको छ, जसले लगानीकर्ताको मनोबलमा उल्लेखनीय सुधार ल्याएको छ । आइतबार बजारमा ५ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको छ । यस दिन सबैभन्दा धेरै शेयर कारोबार राधि विद्युत कम्पनी...

दुर्गा प्रसाईँ पुनः पक्राउ, भक्तपुर प्रहरीद्वारा नियन्त्रणमा

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले आइतबार बिहान पुनः पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले प्रसाईँलाई भक्तपुरस्थित उनको निवासबाटै नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार उनलाई अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर भक्तपुरमा राखिएको छ। पटक-पटक पक्राउ र...

इरानमाथिको आक्रमणमा सर्वोच्च नेता खामेनी मारिएको दाबी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी अमेरिका र इजरायलको संयुक्त सैन्य आक्रमणमा मारिएको घोषणा गरेका छन्। राष्ट्रपति ट्रम्पले यो सैन्य कारबाही इरानको वर्तमान सरकारलाई सत्ताच्युत गर्ने उद्देश्यले गरिएको स्पष्ट पार्दै आगामी हप्ताभरि भारी बमबारी जारी रहने चेतावनी दिएका छन्। यद्यपि, इरानले भने आफ्ना नेताहरू “पूर्ण...

इजरायल र इरान भ्रमण नगर्न नेपाल सरकारको आग्रह

मध्यपूर्वमा विकसित हुँदै गएको पछिल्लो सैन्य तनाव र असुरक्षित परिस्थितिलाई दृष्टिगत गर्दै नेपाल सरकारले इजरायल र इरानमा रहेका नेपाली नागरिकहरूका लागि विशेष सुरक्षा ‘एडभाइजरी’ जारी गरेको छ। परराष्ट्र मन्त्रालयले शनिबार एक विज्ञप्ति प्रकाशित गर्दै परिस्थितिको सूक्ष्म निगरानी भइरहेको जनाएको छ र तत्कालका लागि यी दुवै देशको यात्रा नगर्न नेपाली...

मध्यपूर्वमा बढ्दो सैन्य तनावप्रति संयुक्त राष्ट्रसंघको चिन्ता

संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले मध्यपूर्वमा हालै विकसित सैन्य तनावप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यसको कडा निन्दा गरेका छन्। शनिबार एक विशेष विज्ञप्ति जारी गर्दै महासचिव गुटेरेसले संयुक्त राज्य अमेरिका र इजरायलले इरान विरुद्ध गरेको बल प्रयोग तथा त्यसको प्रतिउत्तरमा इरानले यस क्षेत्रभरि गरेको जवाफी सैन्य कारबाहीले अन्तर्राष्ट्रिय...

इरानमाथि अमेरिका र इजरायलद्वारा भिषण हवाई हमला

काठमाडौं । संसारभरका नागरिकहरुले नहोस् भनेको भयानक युद्ध अन्ततः मध्यपूर्वमा आजबाट सुरु भएको छ । आज विहानै अमेरिका र इजरायलले इरानमाथि भिषण हवाई हमला गरेसँगै मध्यपूर्वमा अहिलेसम्मकै सबैभन्दा धेरै जटिलस्थिति उत्पन्न भएको छ । कतारले आकाश खाली गराउन खोज्न पनि सकिरहेको छैन । इरानले आफ्नो आकाशमा रहेका सबै जहाजलाई...