तेश्रो पक्षको बीमाको सीमा दोब्बर वृद्धिसहित १० लाख कायम

तु खबर संवाददाता
२०८३ जेष्ठ १५, शुक्रबार १९:०१

सरकारले सवारी साधनको तेस्रो पक्षको बीमाको सीमा दोब्बरले वृद्धि गरेको छ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै तेस्रो पक्ष बीमाको बीमा १०० प्रतिशतले वृद्धि गरेका हुन्। यससँगै यसअघि ५ लाख रुपैयाँ रहेको तेस्रो पक्षको बीमाको अधिकतम रकम १० लाख रुपैयाँ कायम भएको छ।

तेस्रो पक्ष बीमाको रकम १० लाख पुगेपछि बीमा कम्पनीको जोखिम पनि बढ्न जाने र जोखिम बढेपछि कम्पनीहरूले प्रिमियम बढाउँदा विशेष गरी सार्वजनिक यातायात, ट्रक, माइक्रो, ट्याक्सी, बस लगायतका सवारीधनी तथा व्यवसायीलाई बढी असर पर्ने देखिएको छ।

त्यस्तै गरी, सरकारले विद्युतीय गाडीमा कर प्रणाली परिवर्तन गर्ने घोषणा गरेको छ । अब मूल्यका आधारमा कर लाग्ने सरकारले जनाएको छ ।

आज घोषणा गरेको सरकारले नयाँ बजेट मार्फत विद्युतीय गाडीको मूल्यमा कर लगाउने भएको छ । यसभन्दा अघि किलोवाटका आधारमा कर लाग्दै आएको थियो । अब मूल्यमा कर लाग्ने भएको छ ।

आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले सो कुरा बताएका हुन् ।