राखेपद्वारा एन्फामाथि गरिएको निलम्बन फुकुवा

तु खबर संवाददाता
२०८३ जेष्ठ १, शुक्रबार २१:५१
file-photo

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले शुक्रबार अखिल नेपाल फुटबल संघमाथिको निलम्बन फुकुवा गरेको छ ।

गत चैत ११ गते परिषद्ले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई निलम्बन गरेको थियो, शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल, राखेपका सदस्य सचिव र एन्फाका पदाधिकारीबीच भएको छलफलपछि निलम्बन फुकुवाका लागि राखेप तयार भएको हो ।

आगामी साफलगायतका खेलकुद प्रतियोगिताका कारण एन्फाको फुकुवा गर्न राखेप तयार भएको हो । नेपाली फुटबलको हीतका निम्ति निलम्बन फुकुवाको निर्णय गरिएको बताइएको छ ।

राखेपले निलम्बन फुकुवा नगरेको भए फिफाले एन्फालाई प्रतिबन्ध समेत लगाउने स्थिति थियो तर अब समस्याको समाधान भइसकेको छ ।