सरकारको राष्ट्रिय प्रतिवद्धतापत्र सार्वजनिक

तु खबर संवाददाता
२०८३ बैशाख १, मंगलवार १९:२१

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका बरिष्ठ नेता एवम् प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा रहेको सरकारले राष्ट्रिय प्रतिवद्धतापत्र सार्वजनिक गरेको छ ।

फागुन २१ को निर्वाचनपछि गठित सरकारले चैत्र १३ मा जारी गरेको शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यसूचीको बुँदा नं। ३ का आधारमा राष्ट्रिय मान्यता प्राप्त ६ वटा राजनीतिक दलका घोषणापत्र र प्रतिवद्धतालाई समेटेर ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक गरेको हो ।

प्रतिवद्धतालाई आगामी आर्थिक वर्ष २०८३र८४ र त्यसपछिका वार्षिक नीति, कार्यक्रम र बजेटमा समावेश गरी कार्यान्वयन तयारी सरकारको छ । यसको अनुगमनको व्यवस्था प्रधानमन्त्री तथा मन्त्रिपरिषद् मातहत हुने गरी तय समेत गरिएको छ ।

आउँदो पाँच वर्षभित्र औसत ७ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य सरकारको छ भने अर्थतन्त्रको आकार १०० अर्ब डलर नजिक पुर्‍याउने लक्ष्य समेत लिइएको छ । ५ वर्षभित्र स्वदेशमै १५ लाख रोजगारी सिर्जना गर्ने लक्ष्य प्रतिवद्धतापत्रमा समेटिएको छ ।