समाज कल्याण परिषद् द्वारा तालाबन्दी

तु खबर संवाददाता
२०८२ चैत्र ३०, सोमबार २०:५२

समाज कल्याण परिषद्ले भृकुटीमण्डपभित्र कार्यालय तथा व्यवसाय सञ्चालन गर्ने तर भाडा नतिर्नेहरुको पसल तथा कार्यालयमा ताला लगाइदिएको छ ।

बारम्बार सूचित गर्दा समेत भाडा नतिरेपछि उनीहरुको पसल तथा कार्यालयमा ताला लगाएको परिषद्ले जनाएको छ । परिषद्का सदस्यसचिव सरोज कुमार शर्माका अनुसार २० वटा कार्यालय तथा कोठाहरुमा ताला लगाइएको हो । अहिलेसम्म १० करोडभन्दा बढी रकम भाडाबापत् उठ्न बाँकी छ ।

परिषद्ले ताला लगाइएका कार्यालयहरूलाई सात दिनभित्र बक्यौता बुझाउन निर्देशन दिएको छ ।

यस अघि पनि भाडा नबुझाएपछि परिषद्ले सार्वजनिक सूचना निकाल्ने लगायतका कामहरु गर्दै आएको थियो । तर, त्यसबाट पनि सुनुवाइ नभएपछि तालाबन्दी गरिएको हो ।