समाचार

झिनो सुधारसहित नेप्से हरियालीमा

काठमाडौं । मंगलबार भारी गिरावट आएको शेयर बजार बुधबार सामान्य सुधारसहित बन्द भएको छ। नेप्से परिसूचक ५.३८ अंकले बढेर २७३१.८९ बिन्दुमा कायम भए पनि लगानीकर्ताको मनोवृत्ति अझै ‘पर्ख र हेर’कै अवस्थामा देखिएको छ। मंगलबार बजारमा नाफा बुक गर्ने प्रवृत्ति हाबी हुँदा तीव्र गिरावट देखिएको थियो। अल्पकालीन नाफा सुरक्षित गर्ने...

विप्लव नेतृत्वलाई मूलधारमा फर्किन प्रचण्डको आह्वान

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा (माओवादी) लाई आत्मसमीक्षा गर्दै एकताको मूलधारमा फर्किन आग्रह गरेका छन्। बुधबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै प्रचण्डले कम्युनिस्ट आन्दोलनलाई सुदृढ बनाउन आजको परिस्थितिमा एकता अपरिहार्य भएको बताए। समाजवादी मोर्चाको...

नेपाली बजारमा सुनचाँदीको भाउले फेरि बनायो नयाँ कीर्तिमान

काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्यले बुधबार फेरि नयाँ कीर्तिमान कायम गरेको छ। पछिल्लो केही दिनदेखि निरन्तर उकालो लागेको सुनको भाउ आज तोलामा ९ हजार ५०० रुपैयाँले बढ्दै हालसम्मकै उच्च विन्दुमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख १८ हजार ८०० रुपैयाँ...

सुदूरपश्चिमदेखि हिमालसम्म वर्षा र हिमपातको प्रभाव

काठमाडौं । पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावका कारण देशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात र पहाडी-तराई भूभागमा वर्षा भइरहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो उच्च पहाडी तथा हिमाली भागमा पूर्णतया बदली रहनेछ भने बाँकी पहाडी र तराई क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहनेछ। गण्डकी, लुम्बिनी,...

दिगो भविष्यका लागि राष्ट्रसंघमा साझेदारी मञ्चको बैठक प्रारम्भ

संयुक्त राष्ट्रसंघको मुख्यालयमा आजदेखि २०२६ को आर्थिक तथा सामाजिक परिषद् (इकोसक) को साझेदारी मञ्च औपचारिक रूपमा सुरु भएको छ । “दिगो भविष्यका लागि परिवर्तनकारी, समतामूलक, नवीन र समन्वयात्मक कार्यहरू” भन्ने मुख्य नाराका साथ आयोजित यस मञ्चले सन् २०३० सम्मका दिगो विकास लक्ष्यहरू प्राप्त गर्न विश्वव्यापी सहकार्यमा जोड दिएको छ...

नाफा बुकिङ हाबी हुँदा नेप्से ४२ अंकले घट्यो, बजार फेरि राताम्मे

काठमाडौँ । लामो समयपछि आइतबार उल्लेख्य सुधार देखिएको शेयर बजार सोमबार सामान्य करेक्सनमा परेको थियो भने मंगलबार फेरि भारी गिरावटसहित राताम्मे बनेको छ । लगानीकर्तामा नाफा सुरक्षित गर्ने मनोवृत्ति हाबी हुँदा बजारमा दबाब बढेको हो । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा राजनीतिक गतिविधिसँगै पूँजी बजारमा केही दिनयता उत्साह देखिएको थियो...

निर्वाचन आयोगद्वारा पाँच उम्मेदवारलाई स्पष्टीकरण माग

काठमाडौं । निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यका पाँच जना उम्मेदवारलाई स्पष्टीकरण सोधेको छ। आयोगका अनुसार विभिन्न उजुरीका आधारमा सामाजिक सञ्जालमा भ्रामक, घृणात्मक तथा आचारसंहिताविपरीत अभिव्यक्ति र गतिविधि गरेको आरोपमा उनीहरूलाई पत्र काटिएको हो। स्पष्टीकरण सोधिने उम्मेदवारहरूमा झापा निर्वाचन क्षेत्र नम्बर ५ का राष्ट्रिय स्वतन्त्र पार्टी...

चिनियाँ कम्युनिस्ट पार्टीको टोली नेपाल भ्रमण सकेर फर्कियो

काठमाडौँ । चिनियाँ कम्युनिस्ट पार्टीको एक प्रतिनिधिमण्डल नेपाल भ्रमण पूरा गरी स्वदेश फर्किएको छ । पार्टी मुख्यालय बेइजिङअन्तर्गतको अन्तर्राष्ट्रिय विभागमा नेपाल मामिला हेर्ने निर्देशक झेङ युया (सरला) र उनका सहयोगी लिउ आइतबार सिचुआन प्रान्तको छेन्दु हुँदै बेइजिङ प्रस्थान गरेका हुन् । नेपाल बसाइँका क्रममा उनीहरूले आगामी निर्वाचनअघि चीनबाट उच्च...

निर्वाचनका लागि देशभर २ लाख १३ हजार कर्मचारी परिचालन हुने

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई व्यवस्थित र प्रभावकारी रूपमा सम्पन्न गर्न निर्वाचन आयोगले देशभर करिब २ लाख १३ हजार कर्मचारी परिचालन गर्ने तयारी गरेको छ। आयोगका अनुसार मतदान केन्द्रदेखि केन्द्रीय कार्यालयसम्म आवश्यक जनशक्ति व्यवस्थापनको काम अघि बढिसकेको छ। निर्वाचनका क्रममा देशभरका १६५ निर्वाचन क्षेत्र र...

स्वच्छ ऊर्जा दिगो र न्यायपूर्ण भविष्यको आधार हो : इकोसक अध्यक्ष थापा

संयुक्त राष्ट्रसंघ, न्युयोर्क । विश्वव्यापी जलवायु लक्ष्य प्राप्ति र दिगो विकासका लागि स्वच्छ ऊर्जालाई मेरुदण्डको रूपमा अघि बढाउन संयुक्त राष्ट्रसंघ आर्थिक तथा सामाजिक परिषद्  (इकोसक) अध्यक्ष लोकबहादुर थापाले आह्वान गरेका छन् । आज सोमबार जनवरी २६ मा संयुक्त राष्ट्र संघको मुख्यालयमा अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा दिवसको अवसरमा आयोजित समारोहलाई सम्बोधन...