समाचार
निर्वाचनका लागि देशभर २ लाख १३ हजार कर्मचारी परिचालन हुने
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई व्यवस्थित र प्रभावकारी रूपमा सम्पन्न गर्न निर्वाचन आयोगले देशभर करिब २ लाख १३ हजार कर्मचारी परिचालन गर्ने तयारी गरेको छ। आयोगका अनुसार मतदान केन्द्रदेखि केन्द्रीय कार्यालयसम्म आवश्यक जनशक्ति व्यवस्थापनको काम अघि बढिसकेको छ। निर्वाचनका क्रममा देशभरका १६५ निर्वाचन क्षेत्र र...
स्वच्छ ऊर्जा दिगो र न्यायपूर्ण भविष्यको आधार हो : इकोसक अध्यक्ष थापा
संयुक्त राष्ट्रसंघ, न्युयोर्क । विश्वव्यापी जलवायु लक्ष्य प्राप्ति र दिगो विकासका लागि स्वच्छ ऊर्जालाई मेरुदण्डको रूपमा अघि बढाउन संयुक्त राष्ट्रसंघ आर्थिक तथा सामाजिक परिषद् (इकोसक) अध्यक्ष लोकबहादुर थापाले आह्वान गरेका छन् । आज सोमबार जनवरी २६ मा संयुक्त राष्ट्र संघको मुख्यालयमा अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा दिवसको अवसरमा आयोजित समारोहलाई सम्बोधन...
उच्च कारोबारका बीच नेप्से करेक्सनमा, १६ अर्बभन्दा बढीको कारोबार
काठमाडौं । शेयर बजारमा पछिल्लो समय देखिएको करेक्सनलाई लगानीकर्ताले सामान्य र स्वाभाविक प्रक्रियाका रूपमा लिएका छन्। आइतबार बजारमा हरियाली आएपछि सोमबार नाफा बुकिङ बढ्दा नेप्से परिसूचक झिनो अंकले ओरालो लागेको हो। बजार करेक्सन हुँदै अघि बढे दीर्घकालीन रूपमा अझ दिगो बन्ने विश्वास लगानीकर्तामा देखिएको छ। देश प्रतिनिधि सभाको निर्वाचन...
देश जोड्न मधेस जाँदैछु – उम्मेदवार गगन थापा
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले देश जोड्ने सङ्कल्पसहित आफ्नो पुरानो निर्वाचन क्षेत्र काठमाडौँ क्षेत्र नम्बर ४ छाडेर सर्लाही क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दिएको बताएका छन्। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि सर्लाही जानुअघि सोमबार सार्वजनिक गरेको भिडियो सन्देशमार्फत उनले काठमाडौँ-४ का मतदातालाई...
लगातार उकालो यात्रामा सुन, नेपाली बजारमा नयाँ कीर्तिमान
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले लगातार नयाँ रेकर्ड बनाउँदै आएको छ । सोमबार सुनको भाउ एकैदिन तोलामा ५ हजार २०० रुपैयाँले बढ्दै हालसम्मकै उच्च विन्दुमा पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख ९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य...
नेपाल-साउदीबीच साधारण श्रमिकका लागि श्रम सम्झौता
काठमाडौं । नेपाल र साउदी अरबबीच साधारण श्रमिकका लागि द्विपक्षीय श्रम सम्झौतामा हस्ताक्षर भएको छ। नेपाली श्रमिकहरूको सुरक्षित, व्यवस्थित र मर्यादित वैदेशिक रोजगारी प्रवर्द्धन गर्ने उद्देश्यसहित साउदी अरबको राजधानी रियादमा सम्झौता सम्पन्न भएको हो। सम्झौतामा नेपाल सरकारका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्र सिंह भण्डारी र साउदी अरब...
अमेरिकामा व्यापक हिमपात २० राज्यमा संकटकाल, जनजीवन अस्तव्यस्त
अमेरिकामा आएको शक्तिशाली हिउँदे आँधीका कारण उत्पन्न परिस्थितिसँग जुध्न २० भन्दा बढी राज्यहरूमा संकटकाल घोषणा गरिएको छ। न्यूयोर्क, न्यू जर्सी, पेन्सिलभेनिया, जर्जिया, मेरिल्याण्ड, भर्जिनिया, लुजियाना र केन्टकी लगायतका राज्यहरूमा संकटकाल लागू गरिएको हो। हाल यी क्षेत्रहरूमा भइरहेको व्यापक हिमपातले जनजीवन कष्टकर बनाएको छ। मौसम पूर्वानुमान सेवाका अनुसार न्यूयोर्क शहरमा...
राष्ट्रिय सभामा १८ नयाँ सदस्य निर्वाचित
काठमाडौं । राष्ट्रिय सभा सदस्यका लागि भएको निर्वाचनबाट १८ जना नयाँ सदस्य निर्वाचित भएका छन्। निर्वाचितमध्ये नयाँ, युवा तथा समावेशी प्रतिनिधित्व भएका अनुहार समेटिएका छन्। आगामी फागुन २० गते कार्यकाल सकिन लागेका १९ सदस्यमध्ये एक जना सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुने व्यवस्था रहेकाले बाँकी १८ पदका लागि आइतबार निर्वाचन...
राजनीतिक स्थिरताको अपेक्षाले शेयर बजारमा नयाँ ऊर्जा
काठमाडौं । साता कारोबारको पहिलो दिन आइतबार शेयर बजारमा उल्लेखनीय उछाल आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५७.५५ अंकले बढेर २७७२.१७ बिन्दुमा पुगेको छ । प्रतिनिधि सभा निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक वातावरण स्पष्ट बन्दै गएको प्रभाव पूँजी बजारमा देखिएको विश्लेषकहरू बताउँछन् । आइतबार शेयर बजारमा पछिल्लो...
चुनावी प्रचारमा राष्ट्रिय झण्डा प्रयोगमा कडाइ
काठमाडौँ । निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारलाई चुनावी प्रचारप्रसारका क्रममा राष्ट्रिय झण्डाको प्रयोगमा कडाइ गरेको छ। आयोगका अनुसार जुलुस, आमसभा, कोणसभा, घरदैलो भेटघाट वा कुनै पनि प्रकारको र्यालीमा बढीमा १० वटा मात्र राष्ट्रिय झण्डा प्रयोग गर्न पाइनेछ। आयोगले प्रचारप्रसारका अन्य सामग्रीमा राष्ट्रिय झण्डा प्रयोग गर्न पूर्ण रूपमा बन्देज...









